कञ्चनपुरमा मोटरसाइकल दुर्घटनामा परि चालकको ज्यान गयो

bimbonline बिम्ब अनलाइन
२०७९ कात्तिक २ १२:४४ बजे

काठमाडौं । कञ्चनपुरमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । बेलौरी नगरपालिका–५ मैनाहामा हिजो बेलुकी गाडामा मोटरसाइकल ठोकिँदा चालकको ज्यान गएको हो । दुर्घटनामा परि एक जना गम्भीर घाइते भएका छन् ।  मोटरसाइकल चालक कञ्चनपुरकै लालझण्डी गाउँपालिका–३ का ३० वर्षीय रमेश राना दुर्घटनामा परि ज्यान गएको हो ।   

गम्भीर घाइते भएका रानाको उपचारका क्रममा इशान मेमोरियल अस्पताल बेलौरीमा मृत्यु भएको हो । गम्भीर घाइते भएका मोटरसाइकलमा पछाडी सवार एक जनालाई उपचारका लागि धनगढी लगिएको छ । इलाका प्रहरी कार्यालय बेलौरीका अनुसार बेलौरीबाट लालझण्डीतर्फ जाँदै गरेको सुदुर पश्चिम प्रदेश ०१–०११ प २४३२ नम्बरको मोटरसाइकल हिजो बेलुकी ७ बजे बिपरित दिशाबाट आउँदै गरेको गाडामा ठोकिएको हो । 

२०७९ कात्तिक २ १२:४४ बजे

प्रतिक्रिया