१० करोडको रागा जसको शुक्रकीटको माग विभिन्न राज्यहरुमा छ

bimbonline बिम्ब अनलाइन
२०७९ कात्तिक २ १२:०५ बजे
रागा

काठमाडौं । १० करोड मूल्यको भैंसी सुन्दा  सबैलाई अनौठो लाग्नु स्वभाविक हो । तर यो साँचो पनि हो । दस करोड मूल्यको यो भैंसी मेरठमा हेर्न सकिन्छ। मेरठको सरदाबर बल्लभभाई पटेल कृषि विश्वविद्यालयमा कृषि मेला आयोजना गरिएको छ। यस मेलामा हरियाणाको पानीपतबाट १० करोड मूल्यको भैँसी पनि आएको छ । यो भैंसीको नाम गोलु हो । यो भैँसीको मूल्य दश करोड पुगेको भैंसीका मालिक नरेन्द्र सिंह बताएका छन् ।  भैंसी पाल्न र हेरचाहमा मासिक लाखौं रुपैयाँ खर्च हुने गरेको छ ।

यो भैँसीबाट आम्दानी पनि ठूलो छ । यो भैंसीले दैनिक २५ लिटर दूध, १५ केजी फलफूल, १५ केजी दाना र १० केजी मटर खान्छ । हरेक दिन साँझ ६ किलोमिटर पैदल हिँड्ने गरिन्छ । गोलुको शरीरमा दैनिक तेलले मालिस गरिन्छ । यो भैंसीको वीर्य बिक्री गरेर भैंसी मालिकले महिनामा लाखौं रुपैयाँ कमाउँछन् । हरियाणा बाहेक पञ्जाब, उत्तर प्रदेश र राजस्थानलगायत धेरै राज्यमा भैंसीको शुक्रकीटको माग छ।

मेलामा दश करोडको भैंसीसँग सेल्फी लिन मानिसको घुइँचो लागेको छ । यसअघि हरियाणाको कुरुक्षेत्र जिल्लाका करमवीर सिंहको भैँसी ‘युवराज’ पनि कृषि मेलामा साढे नौ करोड भैँसी पुगेका थिए । साढे नौ करोडमा किन्न अफर आएको थियो । भैंसी आकर्षणको केन्द्र मात्र नभएर असोज १९ गते कुकुर शो पनि आयोजना गरिने भएको छ ।

डग शोमा एकभन्दा बढी जातका कुकुर पनि देख्न सकिनेछ । मेलामा असोज १९ गते मन्त्री स्वतन्त्रदेव सिंह र केन्द्रीय मन्त्री डा सञ्जीव बल्यान पनि आउने कार्यक्रम रहेको प्रसारका निर्देशक डा पीके सिंहले जानकारी दिए ।

२०७९ कात्तिक २ १२:०५ बजे

प्रतिक्रिया