स्टार्टअप एण्ड इनोभेसनमा १७ नवउद्यमी छनोट

bimbonline बिम्ब अनलाइन
२०७९ कात्तिक १ १४:३७ बजे
नवउद्यमी

काठमाडौं । उद्योग संगठन मोरङले यस वर्ष १७ वटा नवीन व्यवसायिक आइडियालाई स्टार्टअप उद्यमीका रुपमा छनोट गरेको छ । नविन सोच तथा अवधारणा भएका यी युवालाई उद्यमशिलतामा रुपान्तरणका लागि सहजीकरण गरिने भएको छ ।  ६ जना महिला र ११ जना पुरुष नयाँ उद्यमिमा छानिएका हुन् । 

नव उद्यमीलाई सघाउन कार्यक्रम अन्तर्गत १८ जना मेन्टर, ५ जना बिजनेस कोच र ६ जना स्टार्टअपफेलो समेत चयन गरिएको छ । छनोट भएका स्टार्टअपहरुको व्यवसायिक योजना तयार गरी सो अनुरुप आवश्यक पर्ने प्राविधिक विषयहरुमा मेन्टरसिप, कोचिङ तथा परामर्श सेवा, नेटवर्क विस्तारका साथै विभिन्न विषयगत कार्यक्रमका माध्यमबाट १२ महिना व्यावसायिक सेवा उपलब्ध गराइने जनाइएको छ । 

कार्यक्रम कार्यान्वयनका लागि प्रदेशको उद्योग श्रम तथा रोजगार मन्त्रालय, विराटनगर महानगरपालिका, स्विस कन्ट्याक्ट, आसामान नेपाल, पूर्वाञ्चल विश्व विद्यालय, अन्तरप्रेरणा प्रा.लि, नबिल बैंक, नेपाल युवा उद्यमी मञ्च लगायतका संस्थाहरुसंगको सहकार्य गरिएको छ ।

२०७९ कात्तिक १ १४:३७ बजे

प्रतिक्रिया