नयाँ स्टक र ब्रोकर लाईसेन्सको प्रक्रिया खुलाएकोमा निर्वाचन आयोगले माग्यो स्पष्टिकरण

केहि दिन अघि मात्रै यस विषयमा निर्वाचन आयोगमा उजुरी परेको थियो

bimbonline बिम्ब अनलाइन
२०७९ असोज ३० १३:५० बजे
स्टक र ब्रोकर लाईसेन्सको प्रक्रिया

काठमाडौं । निर्वाचन आयोगले नयाँ स्टक एक्सचेन्ज, ब्रोकर लाईसेन्स, कमोडिटी बजारको लाइसेन्स र लघुबीमा कम्पनीहरुको नयाँ लाईसेन्स खुलाएकोमा सम्बन्धित निकायसंग स्पष्टिकरण माग गरेको छ । आयोगले निर्वाचन आचारसंहिता लागिसकेपछि नयाँ लाईसेन्सको आवेदन माग भएको भन्दै स्पष्टिकरण  सोधेको हो । 

आयोगले शनिबार नेपाल धितोपत्र बोेर्ड, बीमा समिति र अर्थमन्त्रालयलाई एक पत्र लेख्दै आचार संहिता लागेको समयमा खुलेको लाईसेन्स प्रक्रियालाई किन्ने नरोक्ने भनि स्पष्टिकरण माग गरिएको हो । आयोगले ति निकायहरुलाई तिन दिनभित्र स्पष्टिकरण  दिन  आदेश गरेको छ । केहि दिन अघि मात्रै यस विषयमा निर्वाचन आयोगमा उजुरी परेको थियो  ।  

२०७९ असोज ३० १३:५० बजे

प्रतिक्रिया