नेप्से अब १६०० र २००० दौडमा

bimbonline बिम्ब अनलाइन
२०७९ असोज ३० ०९:२८ बजे
सेयर बजार

काठमाडौं । लगातार ओरालो यात्रामा रहेको नेप्से गत साता भने सामान्य अंकले उकालो लागेको छ ।  गत साता सेयर बजार परिसुचक नेप्से १ प्रतिशतले उकालो लागेको हो ।  दशैं अघिको साता १८५३.७६ विन्दुमा बन्द भएको नेप्से, गत साता १६.८७ अंक बढेर १८७०.६३ विन्दुमा पुगेको छ ।  

साताका ५ कारोबार दिनमध्ये ३ कारोबार दिन बजार उकालो लागेसँगै नेप्सेले सो बराबरको अंक कमाएको हो। गत साताको पहिलो कारोबार दिन र अन्तिम दुई कारोबार दिन नेप्से उकालो लागेको थियो।

यसरिनै नैप्से उकालो लाग्यो भने २ हजारको आसपासमा जाने देखीएको छ ।  त्यसैगरी, ओरालो लागेमा भने १६०० विन्दुमा टेवा पाउने देखिन्छ।गत साता नेप्सेको ५ दिने इएमए, २० दिन इएमएभन्दा तल रहको छ। साताको अन्तिम कारोबार दिनमा यी दुई बीचको दूरी घटेका छ।

साप्ताहिक रुपमा गत साता नेप्सेले बियरिश पिनबार मैनबत्ती बनाएको छ। जसले समग्रमा गत साता खरिदकर्ताहरु कमजोर रहको बताउछ । साताका अन्तिम तीन कारोबार  भने बजार घट्दै गएको संकेत गदर्छ । गत साता नेप्से बढेपनि भोल्यूम भने कमजोर रहेको छ।

२०७९ असोज ३० ०९:२८ बजे

प्रतिक्रिया