सेयर बजारमा छलाङ -६१.०५ अंकले बढ्यो नेप्से

सेयर बजारमा छलाङ ६१.०५ अंकले बढ्यो नेप्से

bimbonline बिम्ब अनलाइन
२०७९ साउन ८ १५:४० बजे
सेयर-बजार
 काठमाडौं ।  मौद्रिक नीति सार्वजनिक भएको पहिलो दिनको कारोवारमा सेयर वजारमा हरियाली छाएको छ । आइतबार नेप्से परिसूचक ६१.०५ अंकले वृद्धि भएर २०७८.५१ बिन्दुमा पुगेर रोकिएको छ ।
शुक्रबार सांझ राष्ट्र बैंकले मौद्रिक नीति सार्वजनिक गरेपछी आज पहिलो दिन भएको कारोबारमा परिसूचक बढ्नुको साथै कारोबार रकममा समेत वृद्धि भएको छ ।
आइतबार २ अर्ब ७३ करोड बरावरको कारोवार भएको छ । आइतबार बढेको बजारमा फाइनान्स कम्पनीको सेयर सबैभन्दा बढेको हो ।
सेन्ट्रल फाइनान्स, समृद्धि फाइनान्स र मल्टिप्रपोज फाइनान्स कम्पनीको शेयरमा सर्किट लागेको छ । शिवम् सिमेन्ट, पुर्नविमा कम्पनी र हिमालय डिस्टिलरीको शेयर कारोबारको हिसावले सबैभन्दा बढी खरिद विक्रि भएको छ ।
२०७९ साउन ८ १५:४० बजे

प्रतिक्रिया