पछिल्लो दुई महिनामा नेपालले गर्यो ९१ करोड ६७ लाख रुपैयाँको अलैँची निर्यात

bimbonline बिम्ब अनलाइन
२०७९ असोज २९ १३:४१ बजे
अलैँची निर्यात

काठमाडौं । नेपालले चालू आर्थिक वर्ष २०७९\८० मा ९१ करोड ६७ लाख रुपैयाँको अलैँची निर्यात गरेको छ । नेपालले साउन र भदौ महिनामा उक्त मूल्यको अलैँची निर्यात गरेको भन्सार विभागले जनाएको छ ।   

यस अवधिमा नेपालबाट विदेशतर्फ ११ लाख २५ हजार ९५० किलोग्राम अलैँची निर्यात भएको छ । नेपालबाट निर्यात भएको सबै अलैँची भारततर्फ निर्यात भएको छ । यस्तै, यस अवधिमा नेपालबाट ९ करोड ६० लाख रुपैयाँ बराबरको अदुवा निर्यात भएको छ ।

नेपालबाट दुई महिनाको अवधिमा २९ लाख ५९ हजार किलोग्राम अदुवा निर्यात भएको भन्सार विभागले जनाएको छ ।  अदुवा भारत र कतारमा निर्यात भएको छ । यस अवधिमा भारततर्फ ९ करोड ५९ लाख रुपैयाँको र कतारमा १ लाख रुपैयाँको अदुवा निर्यात भएको छ 

२०७९ असोज २९ १३:४१ बजे

प्रतिक्रिया