तिहार पछाडि कारोबार रोक्का रहेका सबै कम्पनीको कारोबार खुल्दै

bimbonline बिम्ब अनलाइन
२०७९ असोज २८ १०:३२ बजे

काठमाडौं  । नेपाल राष्ट्र बैंकले बैक तथा वित्तीय संस्था गाभ्ने र गाभिने सम्बन्धी विनियमावली, २०७३ लाई पाँचौं संशोधन गरे पछि अब मर्जर  भएका सबैको सेयर बारोबार  फुकुवा हुने भएको छ । 

नेपाल राष्ट्र बैंकले बिहीबार मर्जर विनियमावलीमा पाँचौं संशोधन गरेसँगै नेपाल धितोपत्र बोर्डले कारोबार रोक्का रहेका ३४ कम्पनीको कारोबार फुकुवा गर्ने प्रक्रिया थालेको छ । बोर्डले रोक्का रहेका सबै कम्पनिलाई फुकुवा गर्न थालेको हो ।  

बोर्डले बिमा समिति, राष्ट्र बैंक, जलविद्युत नियमन आयोगलगायतको नियामक निकायसँगको सहकार्यमा संगठित संस्था एक आपसमा गाभ्ने,गाभिने तथा प्राप्ति सम्बन्धी निर्देशिका, २०७९का प्रारम्भिक मस्यौदा सार्वजनिक गरेको थियो ।

सम्भवत मस्यौदामा भएको ९९ प्रतिशत बुँदा कार्यान्वयनमा आउने बताइएको छ । प्रारम्भिक मस्यौदामा नियामक निकायबाट गाभिने कम्पनीको एकिकृत कारोबार भएको बढीमा १५ दिनसम्म मात्रै कारोबार रोक्का गर्न पाउने प्रावधान रहको छ ।  अहिले नेप्सेमा सुचीकृत ८ वटा वाणिज्य बैंक, ८ वटा लाइफ इन्स्योरेन्स कम्पनी, १० वटा माइक्रोफाइनान्स कम्पनी र ४ वटा नन लाइफ इन्स्योरेन्स कम्पनीको कारोबार रोक्का रहेको छ । 

दशैं अगाडि नै निर्देशिका बनाएर कार्यान्वयन गर्न निर्देशन दिएको भए पनि विविध कारणले कार्यान्वयनमा आउन नसकेको  जनाइएको छ । समितिले पास गर्नासाथ ढिलोमा तिहार सकिएको १० दिन भित्र यो कार्यान्वयन आउने बोर्डले जनाएको छ ।  

२०७९ असोज २८ १०:३२ बजे

प्रतिक्रिया