विश्व सेयर बजार (नास्डक) २ वर्षयताकै न्यून विन्दुमा

bimbonline बिम्ब अनलाइन
२०७९ असोज २७ ०९:५५ बजे
नास्डक

काठमाडौं । युक्रेन र रसियाको युद्ध चिर्किरहेको अवस्थामा विश्व सेयर बजारमा गिरावट जारी रहेको छ ।  पछिल्लोपटक अमेरिकाको केन्द्रीय बैंक फेडरल रिजर्भले ब्याजदर बढाएपछि यसको प्रत्यक्ष प्रभाव पनि विश्व सेयर बजारमा परेको छ । टेक कम्पनीहरुको सूचक नास्डक कम्पोजिट बुधबारसम्मको गिरावटमा उच्च विन्दुबाट ३४ प्रतिशतले तल झरेको छ। यो भनेको सन् २०२० को जुलाईपछिकै सबैभन्दा तल्लो विन्दु हो । 

बुधबार नास्डक कम्पोजिट १.१ प्रतिशत अर्थात ११६ अंक गुमाउँदै १०४२६ मा कारोबार भएको छ ।  त्यसैगरी एसएन्डपी ५००  पनि उच्च विन्दुबाट २४.७ प्रतिशतले गिरावट आएर ३५८८ को विन्दुमा कारोबार भएको छ । ३६७९९ को उच्च विन्दुमा पुगेको डाउ जोन पनि ७ हजारभन्दा बढी अंक गुमाउँदै हाल २९२३९ मा कारोबार भएको छ । 

अमेरिकामा वित्तीय अवस्था कमजोर हुँदै गर्दा केन्द्रीय बैंकले क्रमशः ब्याजदर बढाएको छ। निरन्तर ब्याज बढ्दा विश्व सेयर बजारमा पनि भारी गिरावट आउने क्रम जारी रहेको छ । एजेन्सी 

२०७९ असोज २७ ०९:५५ बजे

प्रतिक्रिया