अल्पकालीन ऋणको ब्याजदरनै १० प्रतिशत भन्दा माथी

bimbonline बिम्ब अनलाइन
२०७९ असोज २५ १४:३३ बजे
अल्पकालीन ऋणको ब्याजदर

काठमाडौं । अल्पकालीन ऋणको ब्याजदर उकालो लागको छ ।  नेपाल राष्ट्र बैंकले सोमबार नवीकरण गरेको २८ दिने ट्रेजरी बिल्सको ब्याजदर न्यूनतम ९.५४ र अधिकतम १०.९७ प्रतिशत कायम भएको छ। 

बजारमा व्याजदर निके माथि गएको छ । केन्द्रीय बैंकले जारी गरेको ९१ दिने, १८२ दिने र २६५ दिने ट्रेजरी बिल्सको ब्याजदर सबैको १० प्रतिशतभन्दा माथि रहेको छ। अहिले बजारमा निरनतर व्याजदर उकालो लागेपनि नियन्त्रण गर्न कठिन भइरहेको छ ।  

राष्ट्र बैंकले नवीकरण गरेको ट्रेजरी बिल्समध्ये ९१ दिने ट्रेजरी बिलको औसत ब्याजदर १०.१४ प्रतिशत रहेको छ, भने १८२ दिनको १०.०६ प्रतिशत कायम भएको छ। त्यस्तै, ३६५ दिने ट्रेजरी बिल्सको ब्याजदर १०.०५ प्रतिशत कायम भएको छ। 

ब्याजदर बढी भएपछि राष्ट्र बैंक ३६५ दिने २ अर्ब ६० करोडको ट्रेजरी बिल्स आफैं किन्न बाध्य भएको छ। बैंक तथा वित्तीय संस्थाले भने जम्मा ४० करोड बराबरको ट्रेजरी बिल्समा मात्र लगानी गर्न पाएका छन्। उनीहरूले जम्मा १०.०५ प्रतिशतमा लगानी गरिरहेका छन्। 

राष्ट्र बैंकले गत सोमबार १८ अर्ब २४ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल्स नवीकरण गर्न चाहेको थियो। त्यसमध्ये ५ अर्ब रुपैयाँको २८ दिने, ८ अर्बको ९१ दिने २ अर्ब २५ करोडको १८२ दिने र ३ अर्ब रुपैयाँ बराबरको एक वर्षे रहेको थियो। 

गत असोजदेखि बैंक तथा वित्तीय संस्थाले बचतको ब्याजदर १०.१३, रेमिट्यान्स मुद्दतीको १५.१३ र साधारण मुद्दतीको ब्याजदर १२.१३३ प्रतिशतसम्म पुर्‍याएकाले त्यसको असर अल्पकालीन ब्याजदरमा पनि परेको हो।

२०७९ असोज २५ १४:३३ बजे

प्रतिक्रिया