सांग्रिला डेभलपमेन्ट बैंकका संस्थापक सेयर बिक्रीमा

bimbonline बिम्ब अनलाइन
२०७९ असोज २५ १२:५७ बजे
सांग्रिला डेभलपमेन्ट बैंक

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकको संस्थापक सेयर बिक्रीमा रहेका छन् । बैंकका  ५० हजार कित्ता संस्थापक सेयर बिक्रीमा रहेका हुन् । बैंक सञ्चालकमध्येका एक संस्थापक सेयरधनीले आफ्नो ५० हजार कित्ता सेयर बिक्री गर्न लागेका हुन् ।  

संस्थापक सेयरधनी सेम राज शाक्यले आफ्नो नाममा रहेको संस्थापक सेयर बेच्न लागेका बैंकले जनाएको छ ।  उक्त बिक्री सेयर बैंकका अन्य संस्थापक सेयरधनीले वा अन्य व्यक्ति, कम्पनी वा संघ संस्था, कम्पनीहरुले खरिद गर्न सक्ने भएका छन् । 

ईच्छुक खरिदकर्ताले असोज २५ गतेबाट १५ दिनभित्र आवश्यक कागजपत्रसहित बैंकको केन्द्रीय कार्यालय बालुवाटार आवेदन दिनेसक्ने  बैंकले जनाएको  छ । 

२०७९ असोज २५ १२:५७ बजे

प्रतिक्रिया