दशैं पछिको पहिलो दिन उच्च अंकले उकालो लाग्यो सेयर बजार

bimbonline बिम्ब अनलाइन
२०७९ असोज २३ २१:२५ बजे
सेयर बजार

काठमाडौं । निरन्तर ओरालो यात्रामा रहेको नेप्से दसैंको सुरुवातमा उकालो लागेको थियो भने दसैं पछि पनि  आज उकालो लागेको छ ।  लगातार ९ दिन सम्म बन्द रहेको नेप्से आज आइतबार खेलेको हो । आज दशैं पछिको पहिलो कारोबार दिन नेप्से परिसूचक साढे ४४ अंक  उकालो लागेको छ ।  आज नेप्से उकालो लागेसँगै १८९८.३८ विन्दुमा पुगेको छ ।

आज सेन्सेटिभ इण्डेक्स ८.७८ अंक बढेको छ भने फ्लोट इण्डेक्स ३.३७ अंक र सेन्सेटिभ इण्डेक्स ३.२२ अंक बढेको छ । आज २२४ स्टकको १४ हजार ९९१ पटकको कारोबारमा ८३ करोड ६८ लाख ७३ हजार रुपैयाँ बराबरको २५ लाख ३३ हजार कित्ता शेयर खरिदबिक्री भएको छ ।

ज सप्तकोशी डेभलपमेन्ट बैंकको शेयरमूल्य सर्वाधिक ९.९५ प्रतिशतले उकालो लागेको छ ।उपकार लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयरमूल्य ९.८४ उकालो लागेको छ ।  

२०७९ असोज २३ २१:२५ बजे

प्रतिक्रिया