रसायनशास्त्रतर्फको नोबेल पुरस्कार घोषणा, ३ जनाले पाउने

bimbonline एजेन्सी
२०७९ असोज १९ १७:५५ बजे
रसायनशास्त्रतर्फको नोबेल पुरस्कार

काठमाडौं । यस वर्षको रसायनशास्त्रतर्फको नोबेल पुरस्कारको घोषणा भएको छ ।  यस पटक तीन जनालाई संयुक्तरूपमा यो पुरस्कार दिइने भएको छ । 

नोबेल पुरस्कार छनोट समितिका अनुसार यस पटक क्यारोलिन आर बेरटोजी, मोर्टेन मेलडाल र के बेरी शार्पलेसलाई रसायनशास्त्रतर्फको नोबेल पुरस्कार दिइने भएको हो । शार्पलेसले नोबेल पुरस्कार पाएको यो दोस्रो पटक हो । यसअघि उनले सन् २००१ मा नोबेल पुरस्कार पाएका थिए ।

'क्लिक केमिस्ट्री' पनि भनिने अणुहरूको समूहलाई काँटछाँट गर्ने कामका लागि यी तीन जनाले पुरस्कार दिइएको हो । तीन जना विजेताले एक करोड स्विडिश क्रोना अर्थात् नौ लाख अमेरिकी डलर बराबरको पुरस्कार रकम बाँडेर लिनेछन् ।

गएको वर्षको यो पुरस्कार दुई जना वैज्ञानिकलाई संयुक्तरूपमा प्रदान गरिएको थियो । 

२०७९ असोज १९ १७:५५ बजे

प्रतिक्रिया