कर्णाली प्रदेशले गर्यो ५० हजार खसीबोका निर्यात

६० करोडभन्दा बढी रकम आम्दानि

bimbonline बिम्ब अनलाइन
२०७९ असोज १६ १५:०१ बजे
खसीबोका निर्यात

काठमाडौं । कर्णाली प्रदेशबाट यो वर्ष दसैँका लागि ५० हजार खसीबोका र भेडाच्याङ्ग्रा निर्यात  गरेको छ ।  प्रदेशको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयअन्तर्गतको पशुपक्षी विकास निर्देशनालयका अनुसार उक्त संख्याका  खसीबोका र भेडाच्याग्रा निर्यात  गरेको हो ।  प्रदेशले खसीबोका र भेडाच्याङ्ग्रा निर्यात रु ६० करोडभन्दा बढी  रकम  आम्दानि गरेकाे  निर्देशनालयका सूचना अधिकारी मोहन गिरीले जनाएका छन् । 

किसानलाई स्थानिय र प्रदेश सरकारको साथ सहयोग रहेका यसपट निर्यात बढेको उनले बताएका छन् ।   

अहिले प्रदेशका चारबटा नाका सुर्खेतको कर्णाली चिसापानी कुइने र हर्‍यै, सल्यानको कालिमाटी काल्चे तथा कपुरकोट नाकाबाट मासुका लागि खसीबोका, भेडालगायत पशु निर्यात भइरहेका छन् । 

गत वर्ष पनि ५० हजारको हाराहारीमा पशु चौपाय मासुको लागि निर्यात गरिएका थिए । तीमध्ये केही खसीबोका बिक्री नभएर फिर्ता आएको उनले बताएका छन् ।  गत वर्ष दुइ हजा भन्दा बढी चौपाय फिर्ता भएका थिए ।  

विगतका वर्षभन्दा अहिले माथिल्लो कर्णालीका हिमाली जिल्लाहरुमा खसीबोका र भेडाच्याङ्ग्रा उत्पादन बढेको हो ।  

यसैबीच कर्णाली प्रदेश खसीको मासुमा आत्मनिर्भर बनेको छ । विभिन्न उत्पादनमुखी कार्यक्रम सञ्चालन हुँदा खसीको मासुमा प्रदेश आत्मनिर्भर भए पनि कुखुराको मासु भने अझै बाहिरबाट निर्यात गर्नुपर्ने भएको छ । . कर्णाली प्रदेशले दसैं तिहारमा ठुलो मात्रामा खसीबोका र भेडाच्याङ्ग्रा निर्यात गर्दै आएको छ ।  

२०७९ असोज १६ १५:०१ बजे

प्रतिक्रिया