संघीय शिक्षा ऐन ल्याउन प्रधानमन्त्री देउवा प्रतिबद्ध

संघीय शिक्षा ऐन ल्याउन प्रधानमन्त्री देउवा प्रतिबद्ध

bimbonline बिम्ब अनलाइन
२०७९ साउन ७ १२:३० बजे
प्रधानमन्त्री देउवा

 काठमाडौंं ।  प्रधानमन्त्री शेरबहादुर देउवाले संघीय शिक्षा ऐन ल्याउन आफु  प्रतिबद्ध  रहेका बताउनुभएको छ ।  देउवाले शिक्षामन्त्री देवेन्द्र पौडेलसँग  शिक्षा क्षेत्रका विविध विषयमा छलफल गर्नुभएको छ ।

शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटवार्तामा प्रधानमन्त्री देउवा र मन्त्री पौडेलबीच छलफल भएको हो । भेटका क्रममा मन्त्री पौडेलले शिक्षा ऐन अर्थ र कानुन मन्त्रालयमा अल्झेको हुँदा तत्काल अगाडि बढाउन प्रधानमन्त्री  देउवालाई  आगह गरेका हुन् ।

आज भएको भेटमा  विश्वविद्यालयमा हुने तालाबन्दी, शिक्षक दरबन्दी लगायतका विषयमा पनि छलफल  भएको जनाइएको छ । भेटमा प्रधानमन्त्री देउवाले संघीय शिक्षा ऐन ल्याउन आवश्यक सहयोग  विश्वत पारेका छन् ।  


२०७९ साउन ७ १२:३० बजे

प्रतिक्रिया