बैंकहरुको दसैं धमाका

कुन बैंकको के छ अफर

bimbonline बिम्ब अनलाइन
२०७९ असोज १४ १४:१६ बजे
दसैं धमाका

काठमाडौं । विभिन्न बैंक तथा वित्तीय संस्थाहरुले चाडपर्व लक्षित उपहार तथा योजनाहरु ल्याएका छन् । धेरैजसो बैंकहरुले बैंकले डिजिटल भुक्तानीलाई प्रोत्साहन गर्न क्यासब्याक उपहार ल्याएका छन् ।  ,बैंकहरुले ग्राहक आकर्षित गर्न नयाँ खाता खोल्न, रेमिट्यान्स, आवास कर्जा, डिजिटल भुक्तानीमा उपहार, क्यासब्याक, बोनस र बीमासम्मका अफरहरु ल्याएका हन् । 

सिद्धार्थ बैंक

सिद्धार्थ बैंकले पनि दसैं योजनाअन्तर्गत क्यास ब्याक सुविधा दिइरहेको छ । ‘दसैंको बहार क्यास ब्याक उपहार’ योजनाअन्तर्गत दसैंमा पहिलो अनलाइन पेमेन्ट गर्दा वा पीओएसमार्फत भुक्तानी गर्दा तथा डेबिट कार्यबाट कारोबार गर्दा २० प्रतिशतसम्म छुट पाइने छ । यो योजना असोज ८ गतेदेखि लागू भएको छ ।

सानिमा बैंक

 बैंकले दशैंतिहार लक्षित ५०० रुपैयाँसम्म क्यास ब्याक दिइरहेको छ । बैंकको क्रेडिट कार्डको भुक्तानी, मासिक किस्ताबन्दीबाट गर्दा ५०० रुपैयाँसम्म क्यासब्याक पाइनेछ । यो योजना असोज १ देखि कात्तिक ३० गतेसम्म कायम रहने बैंकले जनाएको छ ।

यस्तै सानिमाका ग्राहकहले दराजबाट सामान खरिद गर्दा डेबिट तथा क्रेडिट कार्डबाट भुक्तानी गरे विशेष छुट प्राप्त गर्न सक्ने योजना पनि छ । ग्राहकहरुले डेबिट कार्डबाट भुक्तानी गर्दा १५ प्रतिशत वा अधिकतम २ हजार र क्रेडिट कार्डबाट भुक्तानी गर्दा २० प्रतिशत वा अधिकतम २५ सय रुपैयाँसम्म छुट पाउनेछन ।

छुटका लागि ग्राहकहरूले दराजबाट बैंक भौचर सङ्कलन गर्नुपर्नेछ । यसैगरी क्रेडिट कार्ड प्रयोगकर्ताहरुले शून्य ब्याजदरमा मासिक किस्ताबन्दी सुविधा पनि प्राप्त गर्न सक्नेछन् ।

नबिल बैंक

नबिल बैंकले दसैं र तिहारको अवसरमा घर खरिदका लागि ७० प्रतिशतसम्म कर्जा दिने व्यवस्था गरेको छ । यस अवधिमा घर खरिदका लागि कर्जा लिन चाहनेलाई बैंकले मूल्याङ्कनको ७० प्रतिशतसम्म कर्जा दिने जनाएको छ ।

दसैंतिहार घर कर्जा धमाका अफरअन्तर्गत यो सुविधा दिएको हो । यो सामान्य अवस्थामा भने ६० प्रतिशतसम्मको कर्जा व्यवस्था रहेको छ । यसका साथै बैंकले घर खरिद, घर निर्माण, तला थप, रंगरोगनका लागि पनि कर्जा दिने बैंकले जनाएको छ । नबिल घर कर्जा ३५ वर्षसम्म अवधि रहेको छ ।

साथै बैंकले आकर्षक ब्याजदरका साथ प्रशासनिक शुल्कमा छुट, निःशुल्क क्रेडिट कार्ड योजना पनि ल्याएको छ । दराज दसैं धमाकाको अवधिमा अनलाइन सामान खरिद गर्दा नबिलको डेबिट कार्डमार्फत अग्रीम भुक्तानीमा अधिकतम १५ प्रतिशत वा २ हजार रुपैयाँसम्मको छुट र क्रेडिट कार्डमार्फत अग्रीम भुक्तानीमा अधिकतम २० प्रतिशत वा २ हजार ५ सयसम्मको छुट प्राप्त गर्न सक्ने सुविधा पनि बैंकले दिएको छ ।

असोज १ देखि सुरु भएको यो योजना कात्तिक ३० गतेसम्म कायम रहनेछ । यो योजना विभिन्न देशहरूबाट स्वदेशमा पठाएको रेमिट्यान्सको हकमा लागू हुनेछ ।

एनआईसी एसिया बैंक

एनआईसी एसिया बैंकले ‘एनआईसी एसियामा रेमिटेन्स आयो, दक्षिणा पायो’ योजनाअन्तर्गत बैंकमा रहेको खाता वा नयाँ खाता खोली रेमिटेन्स लिने ग्राहकलाई आकर्षक दक्षिणाको व्यवस्था गरेको छ ।

एनएमबि बैंक

एनएमबि बैंकले पनि क्यासब्याक र छुटको सुविधा दिइरहेको छ । बैंकले आफ्ना ग्राहकहरूलाई कार्ड र मोबाइल बैंकिङ छुट र क्यास ब्याक सुविधा प्रदान गर्न विभिन्न स्टोर र ब्रान्डसँग सहकार्य गरेको जनाएको छ । यस महान उत्सवलाई लक्षित गरी २००० सम्म छुट सुविधा प्रदान गरिरहेको छ ।

एनएमबि बैंकले असोज १० देखि दशैंमा वडा डिजिटल धमाका सुरु गरेको छ । जसअन्तर्गत ग्राहकले मोबाइल बैंकिङ र कार्ड प्रयोग गर्दा २००० रुपैयाँसम्म बचत गर्न सक्नेछन् । इएनएमबि एपबाट क्यूआर पेमेन्ट गर्दा १० प्रतिशत वा २०० रुपैयाँसम्मको क्यासब्याक पाइनेछ ।

त्यसैगरी असोज ७ देखि १४ गतेसम्म र कार्तिक २ देखि ६ गतेसम्म बैंकको मोबाइल बैंकिङ प्रयोग गरी क्यूआर कोड स्क्यान गरी भुक्तानी गर्दा कुल कारोबार रकमको १० प्रतिशत वा १०० रुपैयाँ जुन कम हुन्छ सोही रकम क्यास ब्याक हुनेछ ।

राष्ट्रिय वाणिज्य बैंक

राष्ट्रिय वाणिज्य बैंकले दसैंतिहार, छठलगायतका पर्वलाई मध्यनजर गर्दै विद्युतीय कारोबारलाई प्रोत्साहन गरिरहेको छ । बैंकले पीओएसको माध्यमबाट प्रतिकारोबार १ हजार रुपैयाँ वा सोभन्दा बढीको कार्ड स्वाइप गर्दा क्यास ब्याक दिइरहेको छ । यो योजना असोज १० देखि कार्तिक १३ गतेसम्म लागू हुनेछ ।

कृषि विकास बैंक

कृषि विकास बैंकले लखपति करोडपति धमाका खातासहित विभिन्न खातामा विशेष सुविधा दिएको छ । साधारण बचत, चेतनशील नारी बचत, कृषक बचत, शेयर होल्डर बचत, बाआमा बचत, सम्बृद्धि बचत, कर्मचारी निवृत्तिभरण बचत, सामाजिक सुरक्षा विशेष बचत, सबै नेपालीको बचत, रेमिट्यान्स बचत, मेरो खुसी मेरो भविष्य मुद्धती, सेवानिवृत्त कर्मचारी मुद्धती, छोरीछोरा जीवन समुन्नत खाता, अक्षयकोष खाता खोल्दा भिसा कार्ड, इन्टरनेट बैंकिङ, मोबाइल बैंकिङ, डिम्याट, सेवामा विशेष छुट प्रदान गरेको छ ।

प्रभु बैंक

प्रभु बैंकले भाटभटेनीमा फोन पेमार्फत भुक्तानी गरेर किनमेल गर्नेलाई उपहार दिनेछ । हरेक साता ७० जना ग्राहकलाई फोन पे क्यूआरबाट भुक्तानी गर्दा २० हजार ग्राहकलाई १ हजार बराबरको उपहार भौचर दिने जनाएको छ । बैंकले असोज ८ गतेदेखि सुरु गरेको यो योजना कात्तिक १३ गतेसम्म कायम रहनेछ ।

एनसीसी बैंक

नेपाल क्रेडिट एण्ड कमर्स ९एनसीसी० बैंकले पनि क्यास ब्याक सुविधा दिइरहेको छ । बैंकले फोन पेबीचको सहकार्यमा क्यास ब्याक सुविधा दिएको हो । बैंकले आफ्ना एनसीसी स्मार्ट मोबाइल एप प्रयोगकर्तालाई पहिलोपटक फोन पेको क्यूआरबाट भुक्तानी गर्दा १० प्रतिशतसम्म वा १०० रुपैयाँसम्म क्यास ब्याक अफर प्रदान गरेको जनाएको छ । असोज ७ देखिदेखि यो अफर सुरु भएको छ ।

२०७९ असोज १४ १४:१६ बजे

प्रतिक्रिया