बजारमा पारासिटामोलको अभाव छैन

बजारमा सिटामोलको अभाव नभएको मन्त्रालयले एक विज्ञप्ति जारी गदै जनाएको छ

bimbonline बिम्ब अनलाइन
२०७९ असोज १४ ०७:०१ बजे
पारासिटामोल

काठमाडौं । पछिल्लो समयामा समान्य बिरामीहरुले सिटामोल नपाएको गुनासो पोख्दै आएका छन् । स्वास्थ्य मन्त्रालयले  भने  अहिले बजारमा सिटामोलको अभाव नभएको बताएको छ । बजारमा सिटामोलको अभाव नभएको मन्त्रालयले एक विज्ञप्ति जारी गदै जनाएको छ । 

मन्त्रालयले पारासिटामोलको अभाव नभएको र काठमाडौं उपत्यकाका सरकारी अस्पतालमा पारासिटामोल निःशुल्क वितरण गरिएको जनाएको छ ।

विभिन्न औषधि तथा भण्डारण केन्द्रहरुमा औषधि भण्डारण गरी राखिएको र आवश्यकता अनुसार आपूर्तिको व्यवस्था मिलाइएको  मन्त्रालयले विज्ञप्ति मार्फत जनाएको छ । 

निजी स्वास्थ्य संस्था, फार्मेसी, औषधि उद्योगलाई पारासिटामोलको उत्पादन र आपूर्ति व्यवस्था सहज बनाउन सहजीकरण पनि भइरहेको विज्ञप्तिमा उल्लेख गरिएको छ । 


२०७९ असोज १४ ०७:०१ बजे

प्रतिक्रिया