आजको मौसम - प्रदेश १, बागमती र गण्डकीमा वर्षाको सम्भावना

प्रदेश १, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका एक दुई स्थानमा भने वर्षा हुनेसक्ने छ

bimbonline बिम्ब अनलाइन
२०७९ असोज १४ ०६:४५ बजे
आजको मौसम

काठमाडौं । नेपालमा मनसुनी वायुको सामान्य प्रभाव रहेको छ।  मनसुन अन्त्य हुने बाटोमा रहेको छ । 

 मुलुकका विभिन्न क्षेत्रमा भने मनसुनी गतिविधि कायमै रहेको छ। आज प्रदेश १, बागमती र गण्डकीमा आंशिकदेखि सामान्य बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

प्रदेश १, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका एक दुई स्थानमा भने वर्षा हुनेसक्ने  छ। शनिबार पहाडी भूभागका थोरै स्थानमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

२०७९ असोज १४ ०६:४५ बजे

प्रतिक्रिया