आज दसैंको पाँचौं दिन स्कन्दमाताको आराधना गरिदै

स्कन्दमाताको वदन वर्ण पहेंलो चित्रण गरिएको छ

bimbonline बिम्ब अनलाइन
२०७९ असोज १४ ०६:३१ बजे
दसैंको पाँचौं दिन स्कन्द

काठमाडौं । बडादशैंको  आज पाँचौं दिन रहेको छ । आज आश्विन शुक्लपक्षको पञ्चमी तिथि परेकाले देवीको पाँचौं रुप स्कन्दमाताको पूजाआजा गरि मनाउने प्रचलन रहेको छ ।

भूमिमा रहेको वीर्यबीज शक्तिबाट स्कन्दलाई जन्म दिएकी हुनाले माता पार्वतीको यो रुपलाई स्कन्दमाता भनेर पूजा गर्ने  प्रचन रहेको छ । 

स्कन्दमाताको वदन वर्ण पहेंलो चित्रण गरिएको छ। शिवको पसीनाबाट वीर्यबीज बनेको र त्यसैबाट कार्तिकेय वा स्कन्दको जन्म भएकाले स्कन्दमातालाई कर्म र परिश्रमको प्रतीक मानिन्छ। 

यस्ती देवीको भक्ति गर्नाले सन्तान सुख पाइनुका साथै उर्वराले धर्ती सुसम्पन्न हुने मान्यता रहेको छ । 

२०७९ असोज १४ ०६:३१ बजे

प्रतिक्रिया