जुम्लामा स्याउ बोकेको ट्रक दुर्घटना हुँदा चालकको ज्यान गयो

घाइतेलाई राति नै कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालमा लगेर उपचार गरिएको छ

bimbonline बिम्ब अनलाइन
२०७९ असोज १३ २२:२१ बजे
दुर्घटना

काठमाडौं । जुम्लामा स्याउ बोकेको ट्रक दुर्घटना परी चालकको  ज्यान गएको छ ।  हिमा गाउँपालिका–१ आचार्य लिहीमा स्याउ बोकेको ट्रक दुर्घटना हुँदा चालकको मृत्यु भएको हो । बुधबार राति दुर्घटना हुँदा ट्रक चालक मकवानपुर निवासी अविनाश लामाको मृत्यु भएको प्रअरीले जनाएको छ । 

बागमती प्रदेश, ०३००१ ख २१६४ नम्बरको ट्रक बुधबार राति दुर्घटना हुँदा ट्रक चालक मकवानपुर निवासी अविनाश लामाको मृत्यु भएको हो । सहचालक मकवानपुरकै हरि न्यौपाने घाइते भएका जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी नायब उपरीक्षक नरेन्द्र चन्दले बताएका छन् । 

घाइतेलाई राति नै कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालमा लगेर उपचार गरिएको छ । घाइते न्यौपानेको टाउकोमा चोट लागेको प्रहरी नायब उपरीक्षक चन्दले जानकारी दिए। सो ट्रकमा सात सय कार्टुन स्याउ रहेको प्रहरीले जनाएको छ ।

२०७९ असोज १३ २२:२१ बजे

प्रतिक्रिया