देशभर थप ५४० जना डेंगु संक्रमण हुँदा दुइको ज्यान गयो

देशका ७७ मध्ये ७६ जिल्लामा डेंगुका बिरामी भेटिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ

bimbonline बिम्ब अनलाइन
२०७९ असोज १३ १९:२४ बजे
डेंगु संक्रमण

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ५४० जना डेंगुका नयाँ बिरामी थपिएका छन् ।  योसँगै गत साउन १ गतेदेखि यता नेपालमा डेंगु बिरामीको संख्या २८ हजार १०९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।    

बितेको चौबिस घण्टामा डेंगुका कारण थप दुई जनाको मृत्यु भएको छ ।  डेंगुका कारण मृत्यु हुनेको संख्या ३८ पुगेको छ । 

देशका ७७ मध्ये ७६ जिल्लामा डेंगुका बिरामी भेटिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।  अहिले सबैभन्दा बढी डेंगुका बिरामी बामगती प्रदेशमा भेटिएका छन् । बागमती प्रदेशमा २१ हजार ९७५ जना डेंगुका बिरामी भेटिसकेका  मन्त्रालयले जनाएको छ ।  

गत साउन १ गतदेखि हालसम्म प्रदेश १ मा ८२९, मधेश प्रदेशमा ४१३, गण्डकी प्रदेशमा ६७७, लुम्बिनी प्रदेशमा ३ हजार १२५, कर्णाली प्रदेशमा २३८ र सुदुरपश्चिम प्रदेशमा ८५० जना डेंगुका बिरामी भेटिएका छन् । 

२०७९ असोज १३ १९:२४ बजे

प्रतिक्रिया