राष्ट्र बैंकले रिपोमार्फत बजारमा ३० अर्ब पठाउने

बैंकिङ प्रणालीमा तरलता असहज हुँदा राष्ट्र बैंकले लगातार रिपोमार्फत प्रणालीमा तरलता प्रवाह गर्दै आएको छ

bimbonline बिम्ब अनलाइन
२०७९ असोज १३ ११:४४ बजे
राष्ट्र बैंक

 काठमाडौं ।  नेपाल राष्ट्र बैंकले ३० अर्बको रिपो जारी गर्ने भएको छ । राष्ट्र बैंकले बिहीबार इजाजतप्राप्त क, ख र ग वर्गका स्वीकृतप्राप्त बैंक तथा वित्तीय संस्थाका लागि रिपो जारी गर्न  भएको हो ।  

आगामी असोज २७ गते परिपक्व हुने रिपोमा बैंक तथा वित्तीय संस्थाले न्युनतम १० करोडदेखि बोलकबोल  गर्न सक्ने भएका छन् । 

बैंकिङ प्रणालीमा तरलता असहज हुँदा राष्ट्र बैंकले लगातार रिपोमार्फत प्रणालीमा तरलता प्रवाह गर्दै आएको छ । पछिल्लो समयमा बैंकहरुमा पनि पैसा जम्मा गर्नेहरुको संख्या र रकम पनि बढ्दै गएको छ ।

बैंकिङ प्रणालीमा साधारण प्रकृतिको न्यून तरलताको स्थिति देखिएमा नेपाल राष्ट्र बैंकले अल्पकालीन (अधिकतम सात दिनको) अवधिको तरलता प्रवाह गर्न प्रयोग हुने उपकरण “रिपो” हो । 

२०७९ असोज १३ ११:४४ बजे

प्रतिक्रिया