राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि कर्णाली प्रदेशबाट चार सय ४७ विद्यालय छनोट

रुकुम पश्चिमका सबैभन्दा धेरै विद्यालय छनौटमा परेका छन्

bimbonline बिम्ब अनलाइन
२०७९ असोज १२ १४:०६ बजे
कर्णाली प्रदेश

काठमाडौं । राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि कर्णाली प्रदेशबाट चार सय ४७ विद्यालय छनोट भएका छन् । नयाँ भवन निर्माण तथा आइसिटी कार्यक्रम अन्तर्गत यी विद्यालयहरू छनौट भएका हुन् ।

रुकुम पश्चिमका सबैभन्दा धेरै विद्यालय छनौटमा परेका छन् । रुकुम पश्चिमका ९२ विद्यालय, दैलेखका ५०, जाजरकोटका ४८, सल्यानका ४७ र कालिकोटका ४१ विद्यालय राष्ट्रपति शैक्षिक सुधार कार्यक्रममा छनौट भएका हुन् ।

त्यस्तै सुर्खेत र जुम्लाका ४०–४० वटा, हुम्लाका ३९ वटा डोल्पाका ३१ वटा र मुगुका १९ वटा विद्यालय छनौटमा परेको शिक्षा तथा मानव स्रोत विकास केन्द्रले जनाएको छ ।

२०७९ असोज १२ १४:०६ बजे

प्रतिक्रिया