आगामी मंसिर ४ मा हुने प्रदेश र प्रतिनिधिसभाको चुनाव बहिष्कार गर्न देशभरी विशाल सभा हुने

नयाँ जनवादी व्यवस्थाकोपक्षमा जनता उभ्याउने सभाहरुको उदेश्य

bimbonline बिम्ब अनलाइन
२०७९ असोज ११ २०:४९ बजे
चुनाव बहिष्कार गर्न देशभरी विशाल सभा

 काठमाडौं । आगामी मंसिर ४ मा हुने प्रदेश र प्रतिनिधिसभाको चुनाव  बहिष्कार गर्न देशभरी विशाल सभा हुने भएका छन् । विभिन्न चार वाम दलहरुले एक विज्ञप्ति जारी गर्दै  विरोध जनाउने बताएका छन् ।

महँगी, बेरोजगारी, उपभोग्य वस्तुको अभाव, भ्रष्टाचार, कोभिड,  डेंङगुल गायतका रोगव्याधि, राष्ट्रघात, जनघात जस्ता विकराल समस्या झेलिरहेका नेपाली जनताले यि सबै समस्याबाट उन्मुक्ति चाहेका विज्ञप्तिमा उल्लेख गरिएको छ। यस प्रकारका तमाम समस्याको समाधान खोजिरहेका छन् । तर त्यसको बदला सरकारले नेपाली जनतामाथि सङ्घीय र प्रादेशिक निर्वाचनको अर्को महङ्गो आर्थिक बोझको उपहार चुनाव दिएको विज्ञप्तिमा उल्लेख गरिएको छ। प्रतिकृयावादी दलाल संसदीय व्यवस्था अन्तर्गतको संसद्ले  राष्ट्रघाती नागरिकता विधेयक, एमसिसिएसपिपि जस्तै राष्ट्रघाती  कानुन र सन्धि –सम्झौता पास गरि तमाम प्रकारका राष्ट्रघात र जनघातको साधन संसद् बन्दै आएको कुरा चारदलले जनाएका छन ।

आसन्न संसदीय निर्वाचन बहिष्कार\अवज्ञा गर्दै आएका नेकपा (मसाल) राष्ट्रिय महाधिवेशन आयोजक समिति , नेकपा (बहुमत), नेकपा (क्रान्तिकारी माओवादी ) र माओवादी कम्युनिस्ट पार्टी, नेपाल समेत चार वामपन्थी दलहरूको मोर्चाको विरोध र जनसङ्घर्षका कार्यक्रम प्रभावकारी ढङ्गले अघि बढाउने जनाएको छ  । जनघाती र राष्ट्रघाती यो संसदीय व्यवस्थालाई खारेज गरी योभन्दा अग्रगामी प्रगतिशील  नयाँ जनवादी  व्यवस्थाको पक्षमा नेपाली जनता उभ्याउन विरोध सभाको  कार्यक्रम तय गरेका छन । यि कार्यक्रम सफल पार्न परिवर्तनका पक्षधर, देशभक्त  सम्पूर्ण नेपाली जनसमुदायसँग विज्ञप्ति मार्फत हार्दिक आह्वान गरेका छन। 

सङ्घर्षका कार्यक्रमहरूः
 २०७९ असोज २३ गते – चितवन
 २०७९ असोज २५ गते – जनकपुर
 २०७९ असोज ३१ गते – विराटनगर
 २०७९ कात्तिक २ गते – पोखरा
 २०७९ कात्तिक ४ गते – बुटवल
 २०७९ कात्तिक १७ गते – सुर्खेत
 २०७९ कात्तिक १९ गते – धनगढी
 २०७९ कात्तिक २३ गते – काठमाडौं
 यसका साथै जिल्लाहरूले आफ्ना पहलमा सङ्घर्षका कार्यक्रमहरू गर्ने  छन् ।

              

२०७९ असोज ११ २०:४९ बजे

प्रतिक्रिया