मर्जरको प्रारम्भिक सम्झौता भएपछि कुमारी र एनसीसी बैंकको सेयर कारोबार रोक्का

जगेडा कोषहरूमा भएको रकम लगायतका आधारमा बैंकको कुल पुँजी ३७ अर्ब ६५ करोड हुनेछ

bimbonline बिम्ब अनलाइन
२०७९ असोज ११ १३:४३ बजे
मर्जरको प्रारम्भिक सम्झौता

काठमाडौं । कुमारी बैंक र एनसीसी बैंकको सेयर कारोबार  रोक्का भएको छ ।  नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले  यि दुई बैंकको कारोबार रोक्का गरेको हो । यी दुई बैंकबीच मर्जरको प्रारम्भिक सम्झौता भएपछि कारोबार  रोक्का भएको हो ।  

उनीहरूले सहमति पत्रमा सोमबार हस्ताक्षर गरेका थिए ।यी दुवै बैंक बराबरी हैसियतमा अर्थात् १ः१ को स्वाप रेसियोमा गाभिँदै छन् । मर्जरपछि एकीकृत कारोबार गर्ने बैंकको नाम कुमारी बैंक रहनेछ ।

बैंक गाभिएपछि चुक्ता पुँजी २५ अर्ब ८५ करोड रुपैयाँ हुनेछ। बैंकको निक्षेप ३ खर्ब ११ अर्ब ३४ करोड निक्षेप हुनेछ भने कर्जा २ खर्ब ७४ अर्ब ५५ करोड हुनेछ।

जगेडा कोषहरूमा भएको रकम लगायतका आधारमा बैंकको कुल पुँजी ३७ अर्ब ६५ करोड हुनेछ।

२०७९ असोज ११ १३:४३ बजे

प्रतिक्रिया