दसैँ लक्षित बजार बजार अनुगमनमा अखाद्य सामग्री भेटिपछि उपमेयर सुनिता डंगोलले दिइन यस्तो चेतावनी

यस वर्षको दसैँका लागि विभागले १८ सय खसीबोका र ५ सय च्याङ्‍ग्रा ल्याउने तयारी

bimbonline बिम्ब अनलाइन
२०७९ असोज ११ १२:४३ बजे
उपमेयर सुनिता डंगोल

काठमाडौं । काठमाडौं महानगरपालिकाले दसैँ लक्षित बजार अनुगमन थालेको छ । मंगलवार काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोलको टोलीले दसैँ लक्षित बजार अनुगमन थालेकी हुन् । उपमेयर डंगोलको टिमले टुकुचा स्थित तरकारी बजार, खाद्यन्न पसल र मासु पसल र खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको स्टोरहरूमा अनुगमन गरेकी छन् ।

बजार अनुगमनका क्रममा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उपमेयर डंगोलले बजारमा अखाद्य वस्तु धेरै बेचिरहेको पाएको बताउकी छन् । उनले कतिपयलाई दर्ता गराउने कुराहरु नै थाहा नभएको र उनीहरुलाई सचेत गराइएको जनाएका छन् । टोलीले महानगरभित्र रहेको भित्रि पसलहरूमा गएर सामानको बिल, रजिस्ट्रेसन गरे(नगरेको सामानको उत्पादन मितिको जाँच गरेको थियो । बजारमा उपभोक्ता ठग्नेहरुलाई कारर्वाहि गरिने बताएकी छन् ।

अनुगमनका क्रममा खाद्य विभागमा उत्पादित मिति मेटिएको खाद्य सामग्री पाइएको थियो । जसमा खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडकी तर्फबाट वागमती प्रादेशिक प्रमुख ज्ञानु थापाले मिति सकिएका खाद्य सामग्री विभागले नबेचेको दाबी गरिन् । उत्पादित मिति नै मेटिएको खाद्य सामग्री भेटियो नि भन्ने सञ्चारकर्मीको प्रश्नमा कतिपय सामान उत्पादित कम्पनीबाट आउँदै मेटिएको हुने र विभागले भने उपभोक्तालाई अखाद्य सामग्री नबेचेको बताइन् । उनले विभागबाट भएका कमजोरीलाई आगामी दिनमा सच्याउने प्रतिवद्धता जनाइन्।

यस वर्षको दसैँका लागि विभागले १८ सय खसीबोका र ५ सय च्याङ्‍ग्रा ल्याउने तयारी गरेको उनले बताएका छन् ।उपभोक्ता अधिकार अनुसन्धान मञ्चका अध्यक्ष माधव तिमल्सिनाले उपभोक्तालाई खाद्य सामग्री प्रदान गर्ने कुरामा राज्य जिम्मेवार नबनेको बताएका छन् ।

२०७९ असोज ११ १२:४३ बजे

प्रतिक्रिया