हरिकृष्ण कार्की बने कामु प्रधानन्यायाधीश

गत फागुन १ गतेबाट सर्वोच्च अदालत कामु प्रधानन्यायाधीशको नेतृत्वमा चलिरहेको छ

bimbonline बिम्ब अनलाइन
२०७९ असोज ११ १२:२८ बजे
हरिकृष्ण कार्की

काठमाडौं । सर्वोच्च अदालतका वरिष्ठतम् न्यायाधीश हरिकृष्ण कार्की कामु प्रधानन्यायाधीश बनेका छन् । उनि मंगलबारदेखि कामु प्रधानन्यायाधीश बनेका  हुन् ।  कामु प्रधानन्यायाधीश दीपककुमार कार्की तीर्थाटनका लागि मंगलबार भारत गएपछि हरिकृष्ण कार्की कामु प्रधानन्यायाधीश बनेका हुन् ।

आगामी असोज १५ गतेपछि ६५ वर्षे उमेर हदका कारण कामु प्रधानन्यायाधीश दीपककुमार कार्की अनिवार्य अवकाशमा जान लागेका छन् । त्यसपछि कामु प्रधानन्यायाधीशको हैसियतमा न्यालयको बागडोर हरिकृष्ण कार्कीले  पाउने छन् ।  यद्यपि अवकाश पाउनु अगाडि नै कामु प्रधानन्यायाधीश दीपककुमार कार्की तीर्थाटनका लागि भारत गएपछि मंगलबारदेखि नै हालका वरिष्ठतम् न्यायाधीश हरिकृष्ण कार्कीले नेतृत्व सम्हाल्ने भएका हुन् । संविधानतः प्रधानन्यायाधीशले देश पार गरेपछि स्वतः वरिष्ठतम् न्यायाधीश प्रधानन्यायाधीश बन्ने व्यवस्था  रहेको छ ।   

गत फागुन १ गतेबाट  सर्वोच्च अदालत कामु प्रधानन्यायाधीशको नेतृत्वमा चलिरहेको छ ।  चोलेन्द् जबरा विरुद्धको महाभियोगको टुङ्गो नलागेकै कारण प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा निलम्बनमा रहेका छन् ।  

२०७९ असोज ११ १२:२८ बजे

प्रतिक्रिया