दसैँ नजिकिएसँगै काठमाडौंका बसपार्कहरुमा गाउँ फर्किनेको लर्को

बर्षेनि काठमाडौंबाट लाखौंको संख्यामा मानिसहरु काठमाडौं छोडेर घर जाने गर्दछन्

bimbonline बिम्ब अनलाइन
२०७९ असोज ११ १२:१६ बजे
गाउँ फर्किनेको लर्को

काठमाडौं । दसैँ नजिकिएसँगै काठमाडौंबाट घर जानेको लकोृ लागेको छ ।  काठमाडौं  बसपार्क, कलंकी र बल्खुमा गाउँ फर्किन लागेका मानिसको ठूलो लर्को लागेको हो ।  विभिन्न कारणले काठमाडौं  बस्दै आएका मानिसहरु घर गइरहेका छन् ।  काठमाडौंका मुख्य बसपार्क र टिकट काउन्टरहरुमा यात्रुको भीड देखिएको छ ।

प्रहरीले यात्रुको चाप बढेसँगै यात्रुबाट बढी भाडा असुल्न नदिन अनुगमन  गरिरहेको छ ।  बर्षेनि काठमाडौंबाट लाखौंको संख्यामा मानिसहरु काठमाडौं छोडेर घर जाने गर्दछन्  । 

२०७९ असोज ११ १२:१६ बजे

प्रतिक्रिया