मनास्लु हिउँ पहिरोमा परी घाइते भएका सबैको उद्धार

घाइतेमध्ये एक जनाको मृत्यु भएको छ

bimbonline बिम्ब अनलाइन
२०७९ असोज ११ १२:०४ बजे
मनास्लु हिउँ पहिरो

काठमाडौं । मनास्लु हिउँ पहिरोमा परेर घाइते भएकाहरू सबैको उद्धार गरिएको छ।

सोमबार र मंगलबार बिहान गरी सबै घाइतेको उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय गोरखाका एसपी केदार खनालले बताएका छन् ।

सोमबार २ जना घाइतेलाई उद्धार गरेर काठमाडौं ल्याइएको थियो भने आज ९ जना घाइतेको उद्धार गरिएको हो।

मनास्लुको तेस्रो बेस क्याम्पबाट चौथो बेशक्याम्पमा जाने क्रममा सोमबार दिउँसो हिउँ पहिरो खस्दा १२ जना घाइते भएका  हुन् । घाइतेमध्ये एक जनाको मृत्यु भएको छ। आरोहण सहयोगी अनुप राईको मृत्यु भएको हो । 

सात जना घाइतेलाई आज काठमाडौं ल्याइएको छ। उनीहरूलाई कपनस्थित कोरोना अस्पताल  उपचार भइरहेको छ । सोमबार मौसम खराब हुँदा उद्धार गर्न कठिनाइ भएको थियो। आज बिहानदेखि मौसम खुलेकोले हेलिकप्टरबाट घाइतेहरूको उद्धार गरिएको उनले बताए।

२०७९ असोज ११ १२:०४ बजे

प्रतिक्रिया