निफ्राको खुद नाफा १ अर्बभन्दा बढी

निफ्राको खुद नाफा १ अर्बभन्दा बढी

bimbonline बिम्ब अनलाइन
२०७९ साउन ६ १८:३० बजे
निफ्रा

काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार बैंकको खुद नाफा बढेको छ।

गत आर्थिक वर्षको असार मसान्तसम्ममा बैंकले १ अर्ब २ करोड ६१ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा २२।५३ प्रतिशत बढी हो। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले ८३ करोड ७४ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

खुद ब्याज आम्दानी र खुद फि तथा कमिशन आम्दानी बढेसँगै बैंकको नाफा बढेको हो । बैंकको खुद ब्याज आम्दानी ४१.२० प्रतिशत बढेको छ भने खुद फि तथा कमिसन आम्दानी ३९८.१९ प्रतिशत बढेको छ। त्यसैगरी, बैंकको खुद सञ्चालन आम्दानी ४१.७२ प्रतिशत र सञ्चालन मुनाफा २३.१४ प्रतिशत बढेको छ। असार मसान्तसम्ममा बैंकको वितरण योग्य मुनाफा ८० करोड ८५ लाख रुपैयाँ रहेको छ।

नाफासँगै बैंकको प्रतिशेयर आम्दानी (ईपीएस) पनि थोरै बढेको छ। बैंकको आम्दानी ५६ पैसा बढेर ४ रुपैयाँ ७५ पैसा पुगेको छ। सो अवधिसम्ममा बैंकको मूल्य आम्दानी अनुपात ५०(५२ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १०८ रुपैयाँ ४ पैसा रहेको छ।

२०७९ साउन ६ १८:३० बजे

प्रतिक्रिया