उपमेयर सुनिता डंगोलको नेतृत्वमा बजार अनुगमन

बजार अनुगमन कार्यक्रममा संघ तथा प्रदेश कार्यालयहरु सहभागी हुने छन्

bimbonline बिम्ब अनलाइन
२०७९ असोज ११ ०८:०४ बजे
सुनिता डंगोल

काठमाडौं । काठमाडौं महानगरपालिकाले आज देखी बजारअनुगम गर्ने भएको छ । महानगरले आज असोज ११ गते मंगलबारदेखि पर्वलक्षित बजार अनुगमन गर्ने लागेको हो । 

आज मंगलबार बिहान ८ बजेदेखि नै बजार अनुगमनको कार्य प्रारम्भ गरिने महानगरले जनाएको छ ।

महानगरकी उपप्रमुख सुनिता डंगोलको नेतृत्वमा मंगलबार बिहान काठमाडौंको प्रदर्शनी मार्गस्थित टुकुचा खसी बजारबाट बजार अनुगमनको सुरुवात हुन लागेको हो ।उपप्रमुख डंगोलको नेतृत्वमा तीन वटा समुह बजार अनुगमनका लागि परिचालित हुने जनाइएको छ । 

बजार अनुगमन कार्यक्रममा संघ तथा प्रदेश कार्यालयहरु सहभागी हुने छन् ।बजार अनुगमनका क्रममा सुलभ पसल, तरकारी, माछा, मासु, दुग्ध पदार्थ, डिपार्टमेन्ट स्टोर लगायत हेरिने बताइएको छ ।


२०७९ असोज ११ ०८:०४ बजे

प्रतिक्रिया