शेयर लगानीकर्तालाई मौद्रिक नीति कनफियुज

शेयर लगानीकर्तालाई मौद्रिक नीति कनफियुज

bimbonline बिम्ब अनलाइन
२०७९ साउन ६ १७:३१ बजे
मौद्रिक नीति

काठमाडौं । शेयर बजारका लगानीकर्तालाई चालु आर्थिक बर्षको मौद्रिक नीतिले कुनै राहात लिएको छैन् ।   शुक्रबार जारी यस नीतिबाट राष्ट्र बैंकको यसअघिको ४–१२ प्रावधान घुमाउरो ढंगले कायम  राखेको छ । 

मौद्रिक नीतिमा शयर धितो कर्जामा ४–१२ को प्रावधानमा सामान्य हेरफेर गर्दै एउटै संस्थाबाट चार करोड मात्रै ऋण लिन पाउनेमा अब एउटै संस्थाबाट १२ करोडसम्म लिन पाइने व्यवस्था  गरेको छ । तर कर्जाको सीमा भने १२ करोडभन्दा बढी लिन नपाउने व्यवस्था कायमै राखिएको छ ।

राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले यसअघि कायम शेयर धितो कर्जामा गरिएको ४–१२ को सीमामा सामान्य हेरफेर गर्दै १२ करोड मात्रै कायम गरिएको बताए ।  यसरी ४ र १२ कोनीतिबाट  मारमा  परेका  लगानिकर्ता भने फेरी पनि मारमा नै पर्ने देखीएका छन् । 

२०७९ साउन ६ १७:३१ बजे

प्रतिक्रिया