'संविधान उल्ट्याएर गणतन्त्र कमजोर बनाउने षडयन्त्र भएको छ'

परिवर्तनको विरोधमा अहिले सामाजिक सञ्जाललाई समेत माध्यम बनाइएको उनको भनाइ रहेको छ

bimbonline बिम्ब अनलाइन
२०७९ असोज १० १०:४५ बजे
प्रचण्ड

काठमाडौं ।सत्तारुढ दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संविधान माथी नै प्रहार भइरहेकोबताएका छन् ।

प्रेस सेन्टर नेपाल चितवन जिल्ला समन्वय समितिले सोमबार भरतपुरमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै उनले अहिले नेपालको संविधान उल्टाउने षडयन्त्र भइरहेको बताएका हुन् । 

 कार्यक्रममा बोल्दै उनले भने , ‘अहिले पनि एक थरी तत्वहरू यो संविधानलाई कसरी उल्ट्याउने होला रु यो संघीय लोकतान्त्रिक गणतन्त्रलाई के गरी कमजोर पार्ने होला, पार्टीहरूलाई के गरी बदनाम गर्ने होला । परिवर्तनमा योगदान गर्ने नेतालाई के गरी बदनाम गर्ने होला भनेर लागेकै छन् ।

परिवर्तनको विरोधमा अहिले सामाजिक सञ्जाललाई समेत माध्यम बनाइएको उनको भनाइ रहेको छ ।  सामाजिक सञ्जालको प्रयोग गरेर प्रतिगमनकारीले पनि भ्रमिच सूचना सम्प्रेषण गरेर जनमत सिर्जना गर्ने गर्ने सम्भावना रहेको प्रचण्डले बताए ।

यसै सन्दर्भमा उनले अब जनताले फैसला गर्ने दिन आएको बताए । गत स्थानीय तह निर्वाचन संघीयता र गणतन्त्र धरापमा पर्ने हो कि भन्ने चिन्ता भएको बेला जनताले फैसला गरेको उल्लेख गर्दै उनल मंसिर ४ मा पनि नतिजा पक्षमा आउने बताए ।

२०७९ असोज १० १०:४५ बजे

प्रतिक्रिया