कतारले भिजिट भिसा बन्द गर्ने

खेल चलिरहेको बेला पनि यी यात्रुहरू कतार आउन जान सक्ने मन्त्रालयले जनाएको छ ।

bimbonline बिम्ब अनलाइन
२०७९ असोज ७ १५:४० बजे
कतारले भिजिट भिसा बन्द गर्ने

काठमाडौं । फिफा वल्र्डकपलाई लक्षित गर्दै कतारले केही समयको लागि भिजिट भिसा बन्द गर्ने भएको छ ।  गृहमन्त्रालयले बुधबार आयोजित पत्रकार सम्मेलनमा १ नोभेम्बरदेखि डिसेम्बर २३ सम्म भिजिट भिसा बन्द गर्ने जनाएको छ । 

उक्त समयमा फुटबलको रौनक ह्वात बढ्ने हुँदा हय्या कार्ड हुने पर्यटकले मात्र कतार प्रवेश गर्न पाउने जानकारी दिइयो । हय्या कार्ड हुनेहरूले  हवाई, स्थल र सामुद्रिक सीमानाबाट प्रवेश पाउने छन् । 

यस निर्णयबाट कतार बाहिर रहेका कतारी नागरिक र कतारी आइडी भएका सबै यात्रु, वर्क परमिट भिसा भएका नयाँ कामदार र कतार सरकारको आधिकारिक स्वीकृतिमा आउने यात्रु तथा पाहुनामा कुनै असर पार्ने छैन । 

खेल चलिरहेको बेला पनि यी यात्रुहरू कतार आउन जान सक्ने मन्त्रालयले जनाएको छ । हय्या कार्ड भएको व्यक्तिहरू जनवरी २३, २०२३ सम्म कतार बस्न पाउनेछन् ।

२०७९ असोज ७ १५:४० बजे

प्रतिक्रिया