रेड कार्पेटमा एकसाथ देखिए पुटिन, सी र ट्रम्प

bimbonline बिम्ब अनलाइन
२०८३ मंसिर २ २०:२६ बजे

काठमार्डौं । चीनको शेन्जेनमा राष्ट्रपति भ्लादिमिर पुटिन, चिनियाँ राष्ट्रपति सी चिनफिङ र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प एउटै रेड कार्पेटमा देखिएका छन् ।

ट्रम्प, सी र सीकी पत्नी एकै ठाउँमा उभिरहेका बेला पुटिन त्यहाँ पुगेका देखिन्छन् । पुटिन र ट्रम्पले हात मिलाउँदै एकअर्काको काँधमा थपथपाएर आत्मीय अभिवादन गरेका छन् ।

अगस्ट २०२५ मा अलास्कामा भएको रुस-अमेरिका शिखर भेटपछि पुटिन र ट्रम्पबीच पहिलो भेट भएको हो । उनीहरूबीचको अभिवादनलाई अन्तर्राष्ट्रिय कूटनीतिक चासोका रूपमा हेरिएको छ ।

सी, ट्रम्प र पुटिनबीच पहिलो पटक त्रिपक्षीय शिखर बैठक हुन लागेको हो । तीनै नेता भोलि दिउँसो भेट्ने कार्यक्रम रहेको छ । उक्त भेटलाई विश्व राजनीति र प्रमुख शक्तिहरूबीचको सम्बन्धका दृष्टिले महत्त्वपूर्ण मानिएको छ ।

२०८३ मंसिर २ २०:२६ बजे

प्रतिक्रिया