हाँस्यकलाकार बुद्धि तामाङ. विवाह बन्धनमा बाँधिए

लामो समयदेखि प्रेम सम्बन्धमा रहेका बुद्धि र अनुले बिहे गरेका हुन्।

bimbonline बिम्ब अनलाइन
२०७९ असोज ७ १४:४८ बजे
बुद्धि तामाङ. विवाह बन्धनमा बाँधिए

काठमाडौं। हाँस्यकलाकार बुद्धि तामाङ विवाह बन्धनमा बाँधिएका छन्। उनले शुक्रबार मकवानपुरकी अनु थिङसँग तामाङ परम्परा अनुसार बिहे गरेका हुन्।

लामो समयदेखि प्रेम सम्बन्धमा रहेका बुद्धि र अनुले बिहे गरेका हुन्। ।  बुद्धि तामाङले विवाहमा आफन्तले केही चर्चित कलाकारलाई निम्तो दिएका थिए। बुद्धि तामाङले दर्जन तीन दर्जन बढी फिल्ममा अभिनय गरेका छन्।  उनले रंगमञ्चमा १८ वर्ष र चलचित्रमा ११ वर्ष बिताइसकेका छन्।

२०७९ असोज ७ १४:४८ बजे

प्रतिक्रिया