कैलाशकुमार पाण्डेयको 'आकाश छुने रहर ' कविता संग्रह प्रकाशित

विद्यार्थी समय देखि साहित्यमा निकै रुचि राख्ने कैलाशकुमार

bimbonline बिम्ब अनलाइन
२०७९ असोज ५ १६:५८ बजे
कैलाशकुमार-पाण्डेय

 काठमाडौं । डडेल्धुरा जिल्ला परशुराम न.पा. ३ थपलामा जन्मिएका   कैलाशकुमार पाण्डेयको 'आकाश छुने रहर 'कविता संग्रह प्रकाशित भएको छ । पाण्डेयका बिर्सिएका नाउहरू गीत संग्रह, वादलका बुट्टाहरू ,नया  नया  सागरहरू गजल संग्रह, भत्केका स्तम्भहरू कविता संग्रह यस अधि प्रकाशित भैसकेका छन्। साहित्यकार कैलाशकुमार पाण्डेयको पाँचौ कृतिको रुपमा कविता संग्रह आकाश छुने रहर ४ असोज,२०७९ मा  प्रकाशित भएको हो ।  सम्पादन हाउस  काठमाडौंले कविता संग्रह आकाश छुने रहर बजारमा ल्याएको हो ।

विद्यार्थी समय देखि साहित्यमा निकै रुचि  राख्ने  कैलाशकुमार पाण्डेयको पचौँ कृति 'आकाश छुने रहर' सार्वजनिक भएको छ। पाचौँ कृति कविता संग्रह प्रकाशित गरि पाठक सामु ल्याएका छन। पाण्डेय आधुनिक कविता बिधाका सिद्धहस्त लेखकका रुपमा तीन दशक देखि निरन्तर साहित्य साधना मा तल्लीन हुनुहुन्थ्यो। आधुनिक कविताहरूको सँगालो कविता सङ्ग्रहमा साठी कविता समेटिएका छन्। समसामयिक मुद्दा लाई उठान गरि लेख्ने कविले आकाश छुने रहर मा पनि समाजको आर्थिक ,सामाजिक ,राजनीति पक्षका विविध मुद्दा उठान मात्र गरिएको छैन समस्याको समाधान समेत दिएको पाइन्छ ।  

२०७९ असोज ५ १६:५८ बजे

प्रतिक्रिया