राष्ट्रपतिको विरोध गर्नबाट पछि हट्यो राष्ट्रिय जनमोर्चा

मिलिनियम च्यालेन्ज कर्पोरेशन एमसीसीमा पनि राष्ट्रिय जननमोर्चाले विरोध गरेको थियो

bimbonline बिम्ब अनलाइन
२०७९ असोज ५ १३:३७ बजे
राष्ट्रिय जनमोर्चा

काठमाडौं । सत्तारुढ दल राष्ट्रिय जनमोर्चा राष्ट्रपति विद्यादेवी भण्डारीको विरोधमा जारी विज्ञप्तिमा हस्ताक्षर गर्नबाट पछि हटेको छ। पाँच दलीय गठबन्धनमा सहभागी उक्त दलले नागरिकता विधेयकमा  पास नभएको भन्दै सत्ता गठबन्धनले विज्ञप्ति जारी गर्दा आफ्नो हस्ताक्षर र सहमति जनाएको छैन् । 

राष्ट्रिय जनमोर्चाका नेता हिमलाल पुरीले बैठकमा सहभागी भए पनि हस्ताक्षर नगरेको जनाएका छन् । उनले  आफु बैठकमा सहभागी भए पनि विज्ञप्तिमा हस्ताक्षर नगरेको र  आफुले विधेयक ठिक छैन् भनेर विरोध गरेका र  त्यसैले हस्ताक्षर नगरेको बताएका छन् । 

यसअघि मिलिनियम च्यालेन्ज कर्पोरेशन एमसीसीमा पनि राष्ट्रिय जननमोर्चाले विरोध गरेको थियो।  गठबन्धनले जारी गरेको विज्ञप्तिमा  प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवको मात्रै हस्ताक्षर छ।

२०७९ असोज ५ १३:३७ बजे

प्रतिक्रिया