नक्सापास बाहेकका संरचना हटाउन ललितपुर महानगरको ३५ दिने निर्देशन

३५ दिन भित्रमा त्यस्ता संरचना नहटाए महानगरले आफैले हटोने

bimbonline बिम्ब अनलाइन
२०७९ असोज ५ १२:४९ बजे
ललितपुर महानगर

काठमाडौं। काठमाडौं महानगरले  महानगर भित्र नक्सार मापदण्ड विपरित बनेका संरचना हटाइरहेको छ । ललितपुर महानगरपालिकाले महानगर पनि क्षेत्रभित्र नक्सा स्वीकृत बिना, मापदण्ड विपरीत निर्माण भएका संरचनाहरू ३५ दिनभित्र हटाउन निर्देशन दिएको छ ।

महानगरले मापदण्ड विपरीत निर्माण भएका सार्वजनिक जग्गा, सडक, फुटपाथ, चोक, पेटी अतिक्रमण गरी निर्माण भएका स्लोप, टप, र्‍याम्प, सिंढीलगायत संरचना हटाउन आग्रह गर्दै  एक सुचना  जारि गरेको हो । 

 नक्सा स्वीकृत गर्दा पार्किङ प्रयोजन खुलाई स्वीकृति लिई अन्य प्रयोजनमा प्रयोग भएका संरचनाहरू लगायत सार्वजनिक जग्गा अतिक्रमण गरी निर्माण गरेका संरचनाहरू सुधार गरी वा हटाई कानुन बमोजिम कायम गर्न महानगरले सुचना जारि गरेको हो । ३५ दिन भित्रमा त्यस्ता संरचना नहटाए महानगरले आफैले हटोने जनाएको छ ।   

२०७९ असोज ५ १२:४९ बजे

प्रतिक्रिया