दलहरूले समानुपातिक कोटा सुरक्षाको हतियार बनाए

राजनीतिक पार्टीको नैतिकता त कता सक्किएको देखिन्छ भने विभिन्न नैतिकताका प्रशन उठेका व्यक्तिहरूलाई समानुपातिकमा राख्दा

bimbonline बिम्ब अनलाइन
२०७९ असोज ४ १६:०४ बजे
समानुपातिक

काठमाडौं । आगामी मंसिर ४ मा हुने निर्वाचनको लागि विभिन्न दलहरूले समानुपातिक तर्फको बन्दसूची निर्वाचन आयोग समक्ष बुझाएका छन् । हिजो सबै राजनीतिक दलहरूले आफ्ना उम्मेदवारहरूको नाम निर्वाचन आयोगलाई बुझाएका हुन् । दलहरूलाई निर्वाचन  आयोगले लामो समय दिए पनि सबै राजनीतिक दलहरूले अन्तिम समयमा आएर बन्दसूची बुझाएका हुन् । 

नेपालको संविधानले सबैको समानुपातिक सहभागिताको लागि समानुपातिक प्रणालीको व्यवस्था गरेको हो । तर नेपाली राजनीतिक दलहरूको सुचिलाई हेर्ने हो भने समानुपातिक प्रणालीकै धज्जी उडाएको देखिन्छ । नेपाली राजनीतिक दलहरूले समानुपातिक निर्वाचनका लागि सिफारिस गरेका नामहरूलाई हेर्ने हो भने नेताहरुले आफ्नो परिवारलाई जहानिया तरिकाले अगाडि बढाउन लागेको स्पष्ट देखिन्छ ।
 
के सरकारमा रहेको के प्रतिपक्षमा रहेका सबैमा समानुपातिक प्रणाली नेतामा आफ्ना श्रीमती र नातागोतालाई सुरक्षित गरेका छन् । जसले नेपालको समानुपातिक प्रणाली माथि नै ठुलो प्रश्न चिन्ह खडा गरेको छ । समानुपातिक भनेको  सामाजमा रहेका विभिन्न जात जाती ,समुदाय, लिङ्ग, पेशा र क्षेत्रका मानिसहरको समान प्रतिनिधित्वको लागि होइन् । नेपालमा आफूलाई नेता भनेर स्थापित गरेका विभिन्न पार्टीका विभिन्न राजनीतिक व्यक्तिहरू पनि आगामी निर्वाचनमा समानुपातिकमा सिफारिस भएको देख्दा तिनीहरू मात्रै आफूलाई सुरक्षित गर्न चाहन्छन् भन्ने दरिलो सन्देश हो ।  

सत्तारुढ दल नेपाली कांग्रेसमा सभापति शेर बहादुर देउवाकी श्रीमती  आरजु राणा देउवाको  नाम पनि समानुपातिकमा सिफारिस भएको छ । राणाको चर्चा कैलालीबाट प्रत्यक्ष तर्फ निर्वाचन लड्ने भनेर निकै भएको थियो । तर उनले निर्वाचनमा जित्ने सम्भावना नदेखे पछि समानुपातिक रोजेको स्पष्ट हुन्छ । त्यस्तै नेपाली कांग्रेसकै पूर्व उप सभापति विमलेन्द्र निधि र गोपाल मान श्रेष्ठको नाम पनि समानुपातिकमा रहेको छ । प्रवक्ता प्रकाशशरण,सह माहामन्त्री जीवन परिवार फर्मुल्लाह मन्सुर को नाम पनि समानुपातिक तर्फ रहेको छ ।  

 सत्तारुढ दल नेकपा  माओवादीले पनि  आफ्नो पार्टीमा निकै नाम कमाएका व्यक्तिहरूलाई पनि समानुपातिकमा राखेको छ । माओवादीले पार्टी उपाध्यक्ष कृष्ण बहादुर महरा  समानुपातिकमा राखेको हो । सत्तामै रहेको नेकपा एकीकृत समाजवादीले पनि गंगालाल तुलाधर, प्रेमेश हमाल,  नागेन्द्र कुमार चौधरी लगायतका नेताहरूलाई  समानुपातिकमा राखेको छ । 

 प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले पनि समानुपातिकमा आफ्ना पार्टीका उपाध्यक्ष राम बहादुर बादल थापाकी श्रीमतीलाई  समानुपातिकमा राखेको छ । एमालेले थापाकी श्रीमती नैनकला थापालाई समानुपातिकमा राखेको हो । 
 
यसरी विभिन्न राजनीतिक दलहरूले  पार्टीका स्थापित भएका जो प्रत्यक्ष निर्वाचन लड्ने हैसियत राख्छन्  त्यस्ता नेताहरूलाई समानुपातिकमा राखेका छन् । राजनीतिक पार्टीको नैतिकता त कता सक्किएको देखिन्छ भने विभिन्न नैतिकताका प्रशन  उठेका व्यक्तिहरूलाई  समानुपातिकमा राख्दा  ।   

२०७९ असोज ४ १६:०४ बजे

प्रतिक्रिया