समानुपातिक तर्फको बन्द सूचिसहित ४ बजे निर्वाचन आयोग जाँदै राप्रपा

अहिलेउम्मेदवारको नामलाई अन्तिम रुप दिने काम भइरहेको

bimbonline बिम्ब अनलाइन
२०७९ असोज ३ १५:०७ बजे
राप्रपा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को समानुपातिक प्रणालीतर्फको उम्मेदवार छनौट कार्य जारि रहेको छ । 

अहिलेउम्मेदवारको नामलाई अन्तिम रुप दिने काम भइरहेको प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले  बताएका छन् ।  २ बजेपछि संसदीय समितिको बैठक बसेर उम्मेदवारको नाम टुंगो लगाइ ४ बजेपछि निर्वाचन आयोग गएर बन्द सूचि बुझाउन लागिएको उनले बताएका छन् । 

अहिले हामी समानुपातिक उम्मेदवारको अन्तिम लिष्ट तयार पारिरहेका र ४ बजेपछि निर्वाचन आयोग पुगेर समानुपातिक तर्फको बन्द सूचि  बुझाईने उनले बताएका छन् । 

२०७९ असोज ३ १५:०७ बजे

प्रतिक्रिया