'नेपाली जनताले मलाई क्रान्ति र शान्तिको नेतृत्व गर्ने जिम्मा दिए'

म आफैंलाई निकै गौरवशाली ठान्दछु

bimbonline बिम्ब अनलाइन
२०७९ असोज ३ १४:५९ बजे
प्रचण्ड
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली जनताले आफूलाई क्रान्ति र शान्तिको नेतृत्व गर्ने जिम्मा दिएको बताएका छन् ।  सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिकामा सोमवार आयोजित कार्यक्रमलाई अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन् ।  

उनले भने, ‘तपाईं नेपाली दाजुभाइ, दिदीबहिनीहरू, सबै जातजाति, भाषाभाषी, क्षेत्र, समुदाय, वर्गका जनसमुदायले मलाई एकातिर ठूलो विद्रोह, क्रान्ति गर्ने जिम्मेवारी दिनुभयो, अर्कोतिर शान्ति सम्झौता गर्ने र क्रान्तिलाई शान्तिमा रूपान्तरण गर्ने जिम्मा दिनुभयो । अनि शान्ति सम्झौतापछि संविधान निर्माणको नेतृत्व गर्ने जिम्मेवारी पनि तपाईंले दिनुभयो । संविधान बनेपछि त्यसलाई कार्यान्वयन गर्ने र सिंहदरबारलाई गाउँगाउँमा ल्याउने र विकासलाई गति दिने अवसर दिनुभयो । म आफैंलाई निकै गौरवशाली ठान्दछु । नेपालको इतिहासमा एउटै व्यक्तिलाई क्रान्तिको नेतृत्व गर्ने र शान्तिको नेतृत्व गर्ने, संविधानको नेतृत्व गर्ने यस्तो सौभाग्य कमै प्राप्त हुने पर्दछ ।’


२०७९ असोज ३ १४:५९ बजे

प्रतिक्रिया