मजदुरहरूको ज्याला भुक्तानी दिन आग्रह

नेपाली कांग्रेस डडेल्धुराका सभापति समेत रहेका साउद डडेल्धुरा 'क' बाट प्रदेश सभा सदस्यमा सिफारिस भएका छन् ।

bimbonline बिम्ब अनलाइन
२०७९ असोज ३ १३:३७ बजे
विज्ञप्ति

डडेल्धुरा । राजेन्द्र निर्माण सेवा कम्पनीका  सञ्चालक भीम बहादुर साउदले वुडर-दैजी सडक खण्डका विभित्र खण्डमा गतवर्षको असार भाद्र असोज महिनामा काममा लगाएका मजदुरहरुको ज्याला भुक्तानी नगरेको  भन्दै  ज्याला भुक्तानी गरिदिन नेकपा (क्रान्तिकारी माओवादी) ले एक विज्ञप्ति मार्फत अनुरोध गरेकाे छ ।

२०७९ साल भाद्र २ गते विज्ञप्ति जारी गरी अनुरोध गरेकोमा आज सम्म सो सडक खण्डमा कमगर्ने  मजदुरहरूले सडकमा काम गरेको ज्यालामजदुरी नपाएको हुँदा  यथाशीघ्र कामदारहरूको ज्याला राजेन्द्र निर्माण सेवा कम्पनीले   भुक्तानी गर्न नेकपा (क्रान्तिकारी माओवादी) डडेल्धुराका डिसिएस धरातल ले विज्ञप्ति मार्फत पुन अनुरोध गरेको छन्।

नेपाली कांग्रेस डडेल्धुराका सभापति समेत रहेका साउद डडेल्धुरा 'क' बाट प्रदेश सभा सदस्यमा सिफारिस भएका छन् ।

२०७९ असोज ३ १३:३७ बजे

प्रतिक्रिया