नेकपा(मसाल)रुपन्देही जिल्ला सम्मेलन सम्पन्न

कमरेड भिमको स्वागत मन्तव्य

bimbonline बिम्ब अनलाइन
२०७९ असोज ३ १२:५६ बजे
उदधाटन व्यानर

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी मसाल रुपन्देहीको १० औ जिल्लासम्मेलन मिति २०७९\६\१ का दिन  सम्पन्न गरेको छ । बताङ्गको अध्यक्षता , कमलको प्रमुख आतिथ्यता र लम्तरिको संचालनमा सम्पन्न भएको छ ।  सम्मेलनले  नेकपा मसाल रुपन्देहीको ९ औ जिल्ला सम्मेलनमा व्यापक गुटबन्दी भएको ,  आठौं महाधिवेशनको सन्दर्भमा पार्टी भित्र चलेको अन्तरसंघर्षमा  जिल्लामा क्रान्तिकारी पक्षको बाहुल्यता भएका कारण जिल्ला सम्मेलन स्थगित गरि जिम्मेवार कमरेडहरुलाई कारबाही गरेको विषयमा छलफल भएको छ । साथै जिल्ला सम्मेलन तथा महाधिवेशन कालमा दस्तावेज सम्बन्धि छलफल चलेको अवस्थामा जिल्ला समितिका कमरेडहरुलाई जनवादी अधिकारबाट बन्चित गरेर निरंकुश शैलीमा पुनः सम्मेलनको मिति निश्चित गरेर सम्मेलन भएको गराए, सम्मेलनले निर्वाचित गरेको समितिले देश , जनता र क्रान्तिकारी आन्दोलनको पक्षमा काम गर्न नसकी  मसाल नेतृत्वको दलाली गरेर पार्टीले लिएको दक्षिणपन्थी नितिलाई अन्धभक्त भएर समर्थन गर्न पुगेको एवम समग्रमा मसालको क्रान्तिकारी छविलाई समाप्त पार्दै प्रतिक्रियावादको शरणमा पुगेर आत्मसमर्पण गरेको ठहर गर्दै यो अवस्थामा जिल्लाको बहुमत पार्टी सदस्यको उपस्थितिमा  १० औ जिल्ला सम्मेलन सम्पन्न भएको छ।

नवौं जिल्ला सम्मेलनले चयन गरेको समितिलाई अवैध घोषणा गरी  सम्मेलनले कमरेड भिमको नेतृत्वमा नेकपा मसाल रुपन्देहीको नयाँ जिल्ला कार्य समिति निर्वाचित गर्नुका साथै  जिल्ला प्रवक्तामा दिपक पौडेल लाई चयन गरेको छ ।  सम्मेलनले २०७९ असोज मसान्तसम्म सम्पन्न हुनगइरहेको नेकपा मसालको विशेष महाधिवेशन लागि प्रतिनिधि र प्रबेक्षक चयन गरेको छ।  सम्मेलनले संगठनात्मक कार्यक्रम , संघर्षका कार्यक्रमका साथै राष्टृघाती नागरिकता विधेयक ,MCC रSSP बिरुद्ध एकल तथा संयुक्त कार्यक्रम गर्ने निर्णय गरेको छ।

  कमरेड भिमको स्वागत मन्तव्य , प्रजातान्त्रिक आन्दोलन तथा कम्युनिस्ट आन्दोलनका क्रममा मृत्यु भएका शहिदप्रति सम्मान स्वरुप एक मिनेट मौन धारण गरेर अगाडि बढेको सम्मेलनमा प्रमुख अतिथि कमरेड कमल , अतिथि कमरेड लेखक , बैधानिक मोर्चाका तर्फबाट नरेश , महिला मोर्चाका तर्फबाट बेग , किसान मोर्चाको तर्फबाट संघर्ष , दलित मोर्चाका तर्फबाट राज , बुद्धिजीवी मोर्चाको तर्फबाट जीवन लगायतले सम्मेलन सफलताको शुभकामना मन्तव्य ब्यक्त गर्नु भएको कुरा पार्टी प्रवक्ता  दिपक पौडेल ले  एक  विज्ञप्ति मार्फत जनाएका छन् ।  

२०७९ असोज ३ १२:५६ बजे

प्रतिक्रिया