एकीकृत समाजवादीले समानुपातिक सूची भोलि टुंग्याउने

एकीकृत समाजवादीले समानुपातिक सूची भोलि टुंग्याउने

bimbonline बिम्ब अनलाइन
२०७९ असोज २ १३:५४ बजे
एकीकृत समाजवादी

काठमाडौं । नेकपा एकीकृत समाजवादीले  अगामि  मंसिर ४ मा हुने चुनावको समानुपातिक तर्फको उम्मेदवारको बन्द सूची सोमबार टुङ्गो लगाउने भएको छ । 

सोमबार बस्ने सचिवालय बैठकले बन्द सूची टुंगो लगाइने उपमहासचिव जगन्नाथ खतिवडाले जनाएका छन् ।  प्रदेशबाट आएको नाम अहिले मिलाउने काम भइरहेको खतिवडाले जनाएका छन् ।  

निर्वाचन आयोगले समानुपातिक सूची बुझाउने समय असोज ३ गतेसम्मलाई दिएको छ । प्रत्येक दलले संविधान अनुसारको क्लस्टर मिलाएर ११० जनाको नाम पठाउनुपर्छ ।

२०७९ असोज २ १३:५४ बजे

प्रतिक्रिया