प्रधानमत्री शेरवहादुर देउवा देशद्रोही भएको आरोप

नागरिकता विधेयक विरुध्दको कार्यक्रममा प्रधानमन्त्रीको पुतला दहन।

bimbonline बिम्ब अनलाइन
२०७९ असोज १ १९:०९ बजे
काठमाण्डौ वानेश्वर मा नागरिकता विधेयक विरुध्दको कार्यक्रममा पुतला दहन गर्दै एकआन्दोलनकारी

काठमाण्डौ

राष्टृघाती नागरिकता विधेयक २०७९ विरोधी सँयुक्त सँघर्ष समिति नेपालको आयोजनामा २०७९ भाद्र ३१ गते  माइतिघर मण्डलाबाट २.३० नारा जुलुस सहित सँसद भवन बानेश्वर पुगेर सभामा परिणत भयो। सभाको अध्यक्षता नेकपा (माले) का महासचिव सि.पि. मैनाली ले  संचालन नारायण शर्माले गर्नु भएको थियो। वक्ताहरु साध्य वहादुर भण्डारी, एस.के.तिमिल्सिना, नरेन्द्र बहादुर रोकाया, भावना विद्रोही हुनुहुन्थ्यो।  मन्तव्यको क्रममा साध्य वहादुर भण्डारीले यो सरकारले पटक-पटक राष्टृधाती नागरिकता विधयेक पास गरेको ,राष्टृपतिले पुनविचारका लागी सन्देश सहित पठाउदा पनि पुविचार नगरी हु-वहु पुनः यो विधयक पास गरेर प्रधानमत्री शेर वहादुर देउवाले देशद्रोही कार्य गरेको हुदा नयाँ पुस्ताले देउवा लाइ देशनिकला समेत गर्न सक्ने छन भन्ने कुरा राख्नु भयो।


यसैगरि मन्तव्यका क्रममा सिपि मैनाली ले राष्ट्रघाती नागरिकता विधेयक देशद्रोह गर्ने प्रमुख कारक भएकोले त्यसको अर्थ-औचित्य र अस्तित्व छैन भनी सडाउनु जलाउनु पर्ने भन्दै राष्ट्रघात गर्नेहरुको लस्करको नाइके प्रधानमत्री शेर बहादुर देउवालाई एक नं को देशद्रोही  भएको घोषणा गर्नु भयो ! त्यसैक्रममा एकाति विधेयकलाई जलाइयो भने अर्कातिर देउवाको पुत्ला दहन गर्दागर्दै प्रहरीले हस्तक्षेप गर्यो ! पटकपटक नाराहरु र धकेलाधकेलका बिच प्रधानमत्री शेर वहादुर देउवाको पुत्ला दहन गरि कार्यक्रम सम्पन्न भयो।

२०७९ असोज १ १९:०९ बजे

प्रतिक्रिया