आस्था र विचारको सौदाबाजी गर्नु अनैतिक

आस्था र विचारको सौदाबाजी गर्नु अनैतिक

bimbonline बिम्ब अनलाइन
२०७९ भदौ ३१ १६:५० बजे
सम्पादकीय

काठमाडौं । प्रत्येक पार्टीको सिद्धान्त,विचार ,रणनिति ,कार्यदिशा,कार्यशैली फरक(फरक भएको हुँदा पार्टीहरू पनि भिन्न(भिन्न भएको हुन। यि कुरामा भिन्नता नभएमा अलग(अलग पार्टी बनाउनको कुनै औचित्यता हुँदैन थियो । कुनै पनि व्यक्ति पार्टीको विचार र सिद्धान्त सँग सहमत  भए पछि  सो पार्टीमा आवद्द वा सँगठित हुने गर्दछ।  सोही पार्टी प्रति उसको आस्था र विश्वास हुन्छ। जनतामा रहेको सार्वभौम अधिकार कुनै पनि निर्वाचनको समयमा  आफ्नो आस्था र विश्वास भएका पार्टी वा उम्मेदवार को चुनाव चिन्ह मा छाप लगाइ मत अभिव्यक्त गर्न पाउने मतदाताको  अधिकार हो। सो अधिकार कुनै पनि तरिकाले प्रभावित नहोस् र गलत ढङ्गले कुनै मतदाताको मत प्रभावित  नहोस् भन्नाका लागी र मतदाता लाई  विचार र आस्था बाहेकका अन्य कुराले प्रभावित गरेमा निर्वाचन कानुन र आचारसंहिताले  सो कार्य लाई अपराध करार गरि दण्डनीय घोषित गरेको छ।

बहुदलीय संसदीय व्यवस्था ,खुल्ला अर्थतन्त्र , दलाल पुजिपतिहरुको हक अधिकारको संरक्षण र स‌वर्धन  गर्ने, देशको प्राकृतिक स्रोत  साधन विदेशीहरू लाइ सुम्पिए विदेशीहरूको दलाली गर्दै आएको नेपाली कांग्रेस र व्यवहारमा कांग्रेसले भन्ने जस्तै गरे पनि  नीतिमा समाजवादी राज्य व्यवस्था, समाजवादी अर्थतन्त्र, राष्ट्रियता र जनतन्त्रको भजन गाउदै हिँडेका नेकपा (माओवादी –केन्द्रं , नेकपा (समाजवादी), सरकारी राजमो लगायतका विपरित धुव्रका पार्टीहरू को अप्राकृतिक गठबन्धनले आफ्ना कार्यकर्ता,पार्टी सदस्य, समर्थकहरूको आस्था र विचारको सौदाबाजी गरिरहेको छन्। कार्यकर्ता ,पार्टी सदस्यहरूले चाहेर पनि आफ्नो आस्था वा विचार राख्ने पार्टी वा उम्मेदारको चुनाव चिन्हमा मत दिन पाउने छैनन्। नचाहेर भए पनि आस्था र विचार नमिल्ने, नराखेको पार्टी वा उम्मेदवार लाई भोट हाल्नु पर्ने वाध्यता यिनका पार्टी नेतृत्व ले सृजना गरेको छन ।  यदि पार्टी नेतृत्वले भनेको पार्टी वा उम्मेदार  को प्रचार नगरेमा वा मत नहालेमा पार्टी अनुशासनको कार्यवाहीमा यिनी पार्टीकार्यकर्ता, पार्टीसदस्य वा समर्थक पर्ने छन्। पार्टी कार्यकर्ता र सदस्यहरू समक्ष दुईवटा विकल्प बाँकी रहेको छ । कुनै पनि कार्यकर्ताहरूको सिद्धान्त र विचार मिलेको हुदा सम्वन्धित पार्टीमा सँगठित भएका  हुन। सोपार्टी लाई कार्यकर्ता र सदस्यहरूको आस्था र विचार लाई अर्को पार्टी र उम्मेदवार लाई हस्तातरण गर्ने अधिकार छैन त्यसकारण नेतृत्वको गलत निर्णय का विरुद्ध विद्रोह गरी पार्टी र उम्मेदवारहरू चित्त नबुझिएको हुँदा (नो भोट) कसै लाई पनि भोट नदिने वा मतदान प्रक्रियामा भाग नै नलिने वा निर्वाचन प्रक्रिया लाई वहिस्कार गर्ने  अधिकार सवै जनता ,पार्टी सदस्य,कार्यकर्ताहरु  लाई छ। अर्को विकल्प भन्ने नेतृत्वको आदेश  ठिक वेठिक नछुट्याइ  आँखा चिम्लिएर पालना गर्ने। पार्टी नेतृत्वको गलत स्वाच्छाचारी निर्णय र नितिका विरुद्ध विद्रोह  वा सम्वन्ध विच्छेद गर्ने अधिकार सवै पार्टी कार्यकर्ता ,सदस्यहरु मा निहित छ।

पाँचदलिय गठवन्धन ले सरकार र सत्ता दुवै  आफुले चलाएका छन तर प्रतिपक्षमा रहेको नेकपा (एमाले) वाट प्रतिगमनको खतरा देखाएर आफ्नो अप्राकृतिक गठवन्धन को औचित्यता सावित गर्न खोजिदैछ भन्ने  आफुमा रहेको चरम सत्तास्वार्थ लाई लुकाउन खोजेका छन्। वरु विगतमा सँकटकाल लगाउने, सँसद विधटन गरि सत्ता राजा लाई दिने गरी प्रतिगमनको नेतृत्व वा मतियार हुने पार्टी वा व्यक्तिहरु नै पाँचदलिय गठवन्धनको नेतृत्व गरि रहेको छन्। यो गठवन्धन र एमालेका विचारहरु विच मात्र चुनावी प्रतिस्पर्धा हुने वातारण सृजना गरेका छन्।  विदेशिहरुले  भन्ने झै  नेपालमा अव टु पार्टी सिस्टम व्यवहारमा  यि दुवै पक्षले  अपनाउदै आएका छन भन्ने अन्य विचार माथि प्रत्येक्ष वा अप्रत्येक्षरुपमा प्रतिवन्ध नै लगाएको देखिन्छ।

वर्ग सँघर्षको विचार र आस्था राख्ने पार्टी, सँगठन ,समुह र व्यक्तिका लागी यो गठवन्धन अप्राकृतिक मात्र  नभइ आत्माधाती पनि सावित हुने छ।   विपरित विचार र सिद्धान्त विच वर्ग सँघर्ष होइन समन्वय, सम्झौता, सहकार्य र गठवन्धन गरे पछि   वर्ग सँघर्षको कान्तिकारी आन्दोलन गर्नु हुँदैन भन्ने खतरनाक  र आत्माघाति सन्देश र सँस्कृति को विकास  गर्न खोजेका छन्। यो गठवन्धन मात्र नभइ  विपरित आस्था र विचारको सौदाबाजी  पनि हो।

२०७९ भदौ ३१ १६:५० बजे

प्रतिक्रिया