ऊर्जामन्त्री भुसालद्वारा ‘जलस्रोत प्रयोगशाला तथा तालिम केन्द्र’ को उद्घाटन

ऊर्जामन्त्री भुसालद्वारा ‘जलस्रोत प्रयोगशाला तथा तालिम केन्द्र’ को उद्घाटन

bimbonline बिम्ब अनलाइन
२०७९ भदौ ३१ १३:३६ बजे

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले ललितपुरस्थित गोदावरीमा निर्माण गरिएको ‘जलस्रोत प्रयोगशाला तथा तालिम केन्द्र’को नवनिर्मित भवनको उद्घाटन गरेकी छन् । जलस्रोत अनुसन्धान तथा विकासकेन्द्रअन्तर्गत रहेको सो भवनमा आज आयोजित कार्यक्रममा मन्त्री भुसालले उद्घाटन गरेकी हुन्।

 सोही अवसरमा मन्त्री भुसालले भौतिक पूर्वाधार, सडक, अवास, सिँचाइ, खानेपानी र जलविद्युत्लगायत समग्र देशको विकासको गुरुयोजना बनाएर अगाडि बढ्नुपर्नेमा बताएकी छन् ।  

उनले कार्यक्रममा हामीसँग समग्र मास्टर्स प्लान नभएको र  सबै मन्त्रालयले आआफ्नै ढङ्गले विकासका काम गर्नु पर्ने बताएकी छन् ।  मास्टर्स प्लानसहित विकासको योजना बनाउँदा दिगो र आवश्यकताको विकास हुने उनको भनाइ छ ।

मन्त्री भुसालले तालिम तथा अनुसन्धानका कार्यक्रम सञ्चालनका लागि केन्द्र प्रयोगमा आउने बताउँदै जलवायु परिवर्तनको उच्च जोखिममा रहेको नेपालको विशिष्ट भौगोलिक अवस्था अनुकूलको विकास निर्माणका योजना तयार  पार्नु पर्ने  बताएकी छन् । 

२०७९ भदौ ३१ १३:३६ बजे

प्रतिक्रिया