बाबुरामलाई बालेनको जवाफ- हजारौंको घर भत्काएर फुटपाथ बनाउँदा सोच्न पर्थ्यो नि !

बाबुरामलाई बालेनको जवाफ- हजारौंको घर भत्काएर फुटपाथ बनाउँदा सोच्न पर्थ्यो नि !

bimbonline बिम्ब अनलाइन
२०७९ भदौ ३१ १३:०५ बजे
बालेन

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह ‘बालेन’ले फुटपाथ व्यवस्थापनबारे पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई जवाफ फर्काएका छन् । 

महानगरपालिकाले अंगिकार गरेको नीतिको प्रशंसा गर्दै पूर्वप्रधानमन्त्री भट्टराईले निश्चित ठाउँ र समय तोकेर फुटपाथ व्यवसायको व्यवस्थापन गर्नुपर्ने बताएका थिए । 

जवाफमा मेयर बालेनले भट्टराईको सामाजिक सञ्जालको पोस्टमा कमेन्ट गर्दै भने, ‘‘यो कुरा त तपाईंले हजारौंको घर भत्काएर फुटपाथ बनाउँदा पनि सोच्न पर्थ्यो नि ।’

२०७९ भदौ ३१ १३:०५ बजे

प्रतिक्रिया