बाह्य हस्तक्षेपको विरुद्धमा म आरआर क्याम्पसबाट पेले कार्ड लिएर आएको हु : भिम रावल

बाह्य हस्तक्षेपको विरुद्धमा म आरआर क्याम्पसबाट पेले कार्ड लिएर आएको हु : भिम रावल

bimbonline बिम्ब अनलाइन
२०७९ भदौ ३० १७:०५ बजे
भिम रावल

काठमाडौं । नेकपा एमालेका नेता डा= भीम रावलले  बाह्य हस्तक्षेपको विरुद्धमा आरआर क्याम्पसबाट आफूले पेले कार्ड लिएर  बाहिर आएको बताएका छन्। अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थि युनियन आर.आर . क्याम्पस कमिटीद्वारा  आयोजना गरेको दशैँ तथा शुभ दीपावलीको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्। उनले विगतमा आफ्नो विद्यार्थी राजनीतिक जीवनका दिनहरू स्मरण गर्दै भने म त्यतिखेर अनेरास्ववियुको एउटा सदस्य भएको नाताले सडकमा बोले मैले  स्मरण मात्रै गराउन चाहे उतिखेर अन्य अनेरास्ववियुका साथीहरु कता हुनुहुन्थ्यो मलाई पूर्ण विश्वास थियो उहाँ पनि सडकमै हुनुहुन्थ्यो । 

उनले विगतको कुरा स्मरण गराउँदै  भने जतिबेला बेलायत शक्तिशाली थियो उसले भारत र अन्य देशमा शासन गर्यो तर नेपालमा गर्न सकेन । विगतमा नेपालीहरूले बिना हातहतियार पनि विदेशीहरूको रवाफ दबाब र तानाशाही  विरुद्ध डटेर लडेका कारणले नेपाल स्वतन्त्र भएको बताउँदै भने अहिले नेपालमा पाँच दलीय गठबन्धनले विभिन्न बहानामा शक्तिशाली देशहरूसँग सहमति गरी देशलाई उनीहरूको हातमा सुम्पिने लागेकाले हामीहरूको रगत  तात्छ  कि तात्दैन भन्दै प्रश्न पनि गरे । उनले नेपाललाई विदेशीको हातमा सुम्पिने विभिन्न सहमति र सन्धिका विषयमा संसदमा आफूले निरन्तर विरोध गरेका बावजुत अहिले ती सन्धि (सम्झौता बाट सरकार पछि हटेकाले अहिले हामी यहाँ छौं  ति सन्धीहरु पास भएको भए हाम्रो के हालत हुन्थ्यो होला कल्पना  गर्न सकिने बताएका  छन् । 

कार्यक्रममा बोल्दै उनले एमसिसि सन्धि विभिन्न व्याख्यात्मक  आधारमा पास गरेपनि अमेरिकाले नमानेको र नेपालले ढुलमुले पारा देखाई जनतालाई अन्यौलमा पार्न खोजेको आरोप समेत लगाएका छन् । उनले अहिलेको सरकारले ल्याएको नागरिकता विधेयक  देशको हकमा नभएको बताएका छन् ।  अहिले सरकारले ल्याएको नागरिकता विधेयक  नेपालीलाई नै  अल्पमतका पार्न खोजेको  उनको आरोप रहेको छ ।  कार्यक्रममा  अखिल उपाध्यक्ष लगायतका अन्य विद्यार्थी नेताहरू पनि  सहभागि रहेका थिए । 

२०७९ भदौ ३० १७:०५ बजे

प्रतिक्रिया